लाँकुरी रुट्स: नेपाली चलचित्रका उम्दा पालुवाहरू #lust vs #codeChanga

नेपाली चलचित्रका उम्दा पालुवाहरू #lust vs #codeChanga

Monday, March 7, 2011

मैले अन्तिम पटक पूरा हेरेको  ठुलो पर्दाको नेपाली चलचित्र हो - कागबेनी । त्यो पनि यहिँ छँदा ईन्टरनेट बाट डाउनलोड गरेर १५" मा मात्र । भुषण दाहाल, पुजा गुरुङ, निमा रूम्बा जस्ता 'आधुनिक Icon' को नाम जोडिएको अनि नौलो आयामिक चलचित्र भनेर जति व्यापकताका साथ प्रचार गरियो, त्यति लोकप्रिय हुन सकेन सायद त्यो चलचित्र, व्यापार के कति गर्यो त्यो थाहा भएन। तर त्यसपछि ठूलो पर्दाको नेपाली चलचित्र जगत फेरी पुरानै शैलिमा फर्केको छ। र मैले अन्तिम पटक हेर्ने असफल प्रयास गरेको चलचित्र हो  - अग्निपुत्र । सुरुवातमै गाउँको मुखिया का मान्छे सँग 'फाइट' गर्दा जुम्ल्याहा दाजुभाई मध्ये एउटा रुखमा अड्केको र एउटालाई जलाईदिएको हुनाले आमा पागल हुन्छिन्। उनीहरूकै पालुवा कुकुरले अर्को मान्छे डोर्याएर ल्याई रूखमा अड्केको बच्चा देखाएपछि उसैले लगेर हुर्काउँछ। अनि कथा २० वर्ष पछि पुग्छ। एकातिर एउटा हिरो क्याम्पसमा गीत गाउन थाल्छ अर्को तिर जल्दै गरेको चिहान बाट कालो कपडामा बेरिएको २०/२२ वर्षको मान्छे(मसान?) निस्केर एउटी केटीको ईज्जत लुट्न बाट जोगाउँछ र फेरी त्यहि चितामा विलिन हुन्छ, त्यसैको नाम हुन्छ - अग्निपुत्र ।
त्यसो त मासिक कैयौँ चलचित्र बन्ने क्षेत्रको एउटा नमुना टिपेर सबै लाई दोष लगाउनु उचित होइन। 'पृथक' संज्ञा दिएर बाँदर, कुकुर भित्र्याइएको हुनाले पनि ठूलो पर्दाका नयाँ चलचित्रमा आश नगर्नु पनि अनुचित नहोला। बरु महका टेलि श्रृङ्खला, तितो सत्य, जिरे खुर्सानि जस्ता छोटा र साना चलचित्रमा धेरै तार्किक (logical) पटकथा, सम्वाद देख्न पाईन्छ ।
पृथकता कै कुरा गर्दा हालसालै aakarpost.com बाट रिलिज गरिएको र BUDS Film Feista बाट सर्वोत्कृष्ट चलचित्र घोषित LUST चलचित्र अनि धेरै समय देखि सो ब्लगमा प्रचार राखिएको हुनाले व्यग्र प्रतिक्षा थियो । सो र अर्को youtube मार्फत फेसबुकमा एक साथिले राखेको Code Changa भन्ने छोटा चलचित्र हरू हेर्न पाइयो। दुवै चलचित्र निर्माण टोलीको निर्माण प्रकृया र पृष्ठभुमि बाट अनभिज्ञ रहेता पनि Lust काठमान्डु विश्वविद्धालय का  विद्धार्थीहरूको अग्रसरता र Code Changa प्रवासमा रहेका नेपाली युवाहरूको योगदान हो भन्ने बुझेको छु । ति चलचित्र हरू हेरे पछि केहि मनमा उब्जेका कुराहरू ति चलचित्र हरू सहित यहाँ बाँड्न मन लाग्यो ।

१.Lust :

विषयवस्तु : सँधै गाउँले परिवेश र सतहि सामाजिक विषयमा बनेका चलचित्र वा टेलिचलचित्रको बिचमा मानव खाने नरभक्षी (cannibal) हरूको बारेमा आएको पहिलो कथा हुनु पर्छ । यो बाहेक नेपाली सिने जगतले vampire सम्बन्धि कथाहरूको गाता खोल्नै बाँकि छ। चलचित्रमा दैनिक जीवन नखोज्ने र मात्र मनोरञ्जन खोज्ने दर्शकहरूको लागी यस्ता अद्भुत कथा विशेष हुने गर्दछन् । म त्यस्तै Thriller कथाहरूको प्रशंसक भएको ले Silence of The Lambs, Hannibal को झल्को दिने यो विषयवस्तु विशेष लाग्यो। अझ त्यसलाई नेपालीकरण गर्दै २ जना स्वाधिन आधुनिक युवा युवतीको जिवनशैलि, चेतना देखि अफिस etiquettes का कुरा हरूले plot मा बुट्टा भरेको छ।

पटकथा, सम्वाद : समग्रमा हेर्दा आम दर्शकले पटकथामा खोट लाउने ठाउँ छैन। तर perfection र smootheness खोज्ने हो भने बिचमा केहि त्रुटिहरु जस्तै (चियर्स नगर्ने ?) वाइन खोले पछि उषा पहिलै ओँठमा पुर्याउँछिन् अनि पवनले यो बारेमा कमेन्ट गर्दैनन्। यस्ता साना तिना दृश्यलाई सुधार गर्ने ठाउँ का रुपमा मात्र देखिएको छ ।

छायाङ्कन : उषालाई भान्सा तिर बोलाउँदा चक्कुको छायाँ बाट देखाईएको छायांकन शैली विशेष छ। तर पनि यो चलचित्रमा सबै भन्दा कमजोर र खड्केको पक्ष भने छायाङ्कन नै हुनु पर्छ जुन अनावश्यक focus को मारमा परेको छ । त्यसरी धेरै दृश्य कैद नगरेर कोठाको अर्को भागमा वा कलाकारको अन्यतिर के हुँदै होला भन्ने उत्सुकता दिने मनसाय ठिकै भए पनि यहाँ धेरै अनावश्यक ठाउँमा जस्तै स्विच अफ गर्दा, उषाले पवनको नयाँ कोठा नियाल्दा क्यामरा साँघुरो भए झैँ लाग्यो ।

कलाकारिता : अगाडि प्रस्तुत गरे जस्तै केहि सर्वोत्कृष्ट चलचित्र हरूको हाराहारीमा रहेको कथामा पात्रहरूले ति चरित्रलाई न्याय दिन सकेका छैनन् । Silence of the lambs का Anthony Hopkins र Dexter जस्ता कलाकारले निभाएको भुमिकालाई न्याय दिन सक्नु त्यति सहज कार्य पनि होइन । वर्षा ले एउटी चलाख (आन्टिको फोन काट्ने) तर निर्दोष (प्रेमिका) को नाटक राम्रो गरेकि छिन्। नायक पवनको हकमा भने नरभक्षीको चरित्र (cold blooded character) त्यति देख्न पाइएन। हाउभाउ ( body language) भन्दा पनि बोल्ने शैलि ले असर गरेको हुनु पर्छ ।

पार्श्व सङ्गीत: सुरुवातको सङ्गीत बाहेक ड्रिङ्क्स र त्यसपछिका दृ्श्यमा एकनास beat हरू भन्दा पनि अझ विशेष sound effect ले असरदार बनाउन सक्ने ठाउँ थियो । त्यसबाहेक बाहिर केटाकेटी खेलेको आवाजले पनि sound processing अनाडिपन झल्काएको छ। उषालाई अचल बनाएर पवनले बोलेको मोनोलग (monologue) मा त धुन कथा सँग कत्ति मेल खाएको छैन ।


Read Anjali Timilsina's Review : here


२. Code Changa

विषयवस्तु: lust जस्तै code changa को विषय पनि आम समाजले नभोग्ने तर शहरिया परिवेशमा बढ्दै गरेका गुण्डाहरूको बिचको अन्तर्दव्न्दको कथा हो। यस्ता कथाहरूमा प्राय सबै पात्रहरू खलपात्र सरह हुने गर्छन् । तर कथाको अभिव्यक्ति र घटना क्रम हरूले गर्दा कुनै एक पात्रले दर्शको सहानुभूति पाउने गर्छ । अन्त्य वियोगान्तक हुन्छ । यो प्रचलन लाई आत्मसात गर्दै दर्शकलाई केहि नौलोपन दिन code changa ले भरमग्दुर प्रयास गरेको छ र सफल पनि भएको छ। कथा को अन्त्य सम्म नायक को खलनायक को, पुलिस कति बेला आउने भन्ने जस्ता विषय सोच्ने मौका नै पाउँदैनन् । प्रस्तुतिले विषयवस्तुलाई त्यसरी गाँजेको छ । कथामा पृथकता र सुक्ष्म विश्लेषणका मनोवैज्ञानिक खुराक नभएता पनि चलचित्र निर्माणको क्षेत्रमा बानी बसाउन यो विषयवस्तुले थुप्रै ठाउँ दिएको छ।

छायाङ्कन: दृष्य परिवर्तनका बीचमा आउने frame sequence र क्यामराको कोण सुरुवातको नलिना चित्रकार को गीत सँग मेल खाने अन्त्य तिर देखाईएको को कृत्रिम वर्षा ले एउटै परिवेशमा रहेको मनोविज्ञान पुरा गरेको छ। तर पूर्ण रूपले कम्प्युटरमय देखिने सो केहि सेकेन्ड को दृष्यले आलोचकलाई मुख खोल्ने मौका पनि दिएको छ ।

कलाकारिता: सबै कलाकार ले बोलेका सम्वाद उत्कृष्ट रहेका छन् । उनीहरूको चाल, हेराई देखी सम्वाद बोल्ने बेलाका हाउभाउ कथामा जमेका छन्। तर, असला बजारमा स्वच्छन्द रुपले नाच्दै गरेकी युवतीको चाल र अनुहारमा क्यामराको उपस्थिति रहेको असहजता स्पष्टै अनुभव गर्न सकिन्छ। 'दाई'को बोलीमा पनि एकरुपता नभएकोले बिच बिचमा अड्केको जस्तो भान हुन्छ ।

पार्श्व सङ्गीत: code changa को सबै भन्दा सबल पक्ष भने पार्श्व सङ्गीत नै हो । 'दारी' की प्रेमिकाको हत्या गरी कुरेर बसेका दाई, तेजे र त्रिपट बाट क्यामरा जब जाल मा पर्दै गरेका 'दारी' र जेम्सको छायाङ्कन सँगै तिव्र हुँदै गएको सङ्गीतले निर्देशकको खुबि बखान गर्दछ ।

पटकथा, सम्वाद: तिकदा-तिक-धिक-थै! तिकदा-तिक-धिक-थै ! चलचित्र भरीको रोचक र मुखमै झुन्डिने सम्वाद यहि नै होला। अन्त्यमा बोलिएको सम्वाद Thanx for the flowers! See you soon मा व्यक्त शैलीले तेज र सो युवतीको पुर्व परिचय नभै एउटा गुमनाम प्रशंसक को सम्बन्ध रहेको आभाष दिने हुँदा कथामा नौलो आयाम थपेको छ । त्यसबाहेक कथा अन्त्यमा नामी डनले आँखा खोलेर कथा सकिएको कारण दर्शकलाई मुकदर्शक बनाएर छोड्ने पक्का छ ।


यदि नेपाली चलचित्रको IMDB सरह मूल्याङ्कन हुने प्रचलन भएको भए दुवै लाई समग्रमा 7 दिन सकिन्थ्यो । यस्ता चलचित्रले धेरै गर्न नसकेतापनि नेपाली दर्शकलाई (विशेष गरी युवा वर्गलाई) कम्तिमा नेपाली चलचित्र हेर्न उन्मुख गराउने छ। नोट:- यि कुनै प्रवचन वा खेदो नभै चलचित्र हेर्दा र हेरि सकेपछि मेरो मनमा लागेका व्यक्तिगत मूल्याङ्कनका कुरा थिए । आशा छ, सम्बन्धित पक्षलाई थोरै भए पनि रचनात्मक feedback मिल्नेछ र आगामी दिनका लागी केहि मद्दत पुर्याउने छ। अझ रोचक चलचित्र हरूको आशा गर्दै शुभकामना ।  

6 comments:

  1. Lust ko link gadbad bhayecha tara changa code chai here. Print nikai ramro rayecha. Tara katha maile kehi bujina. Video herera bhanda rabindra ji ko explanation le bujna sajilo bhayo. Malai bhane content ra delivery style uhi traditional nepali movie jastai lagyo.

    ReplyDelete
  2. Dautari jee,
    hajurko browser ma kei gadbad po ho ki ? yeha maile sabai try garda ramro play bhaeko cha. Pratikriya ko lagi dhanyabad!

    ReplyDelete
  3. Sapkota_surendra2009March 8, 2011 at 9:51 PM

    Both are not bad!
    but the video quality of changa code is excellent!

    ReplyDelete
  4. नेपालको हरेक क्षेत्र जस्तै चलचित्र क्षेत्रले पनि नयाँ पुस्ताबाट केही पाउन सक्छ भन्ने । अहिले को ट्रेण्ड छोडेर नयाँ पन ल्याउन नयाँ पुस्ता सफल हुनेछ यही आस गरौं ।

    ReplyDelete
  5. Thank you for such a wonderful comments on LUST. Will convey your feedback to Film Crew.

    And Just watched Code Changa. Code Changa is also an excellent movie. We need to praise their effort.

    :)

    ReplyDelete

Your feedback ?