लाँकुरी रुट्स: गजल -२९- महाशिवरात्री

गजल -२९- महाशिवरात्री

Wednesday, March 2, 2011

जप्दै छन शिव नाम, प्रसाद हातमा,
फूलमा छैन मोह, लठ्ठ छन् पातमा ।

पार्वती छन् माइत, धूनी बाल्ने कस्ले,
थर्थर छन् महादेव, यो चिसो रातमा । (जितेन्द्र मल्ल)

प्रसादी ग्रहण भो, र ताते भक्तजन,
चिन्दैनौ पार-वती , भन्दैछन मातमा।

खरानी शरीरमा, जोगि भेष धरी,
निस्के सबै पशुपति, कमन्डलु हातमा।

डमरू डम डम, सुरु भो ताण्डव,
मैँ हुँ शिव भन्न थाले, सबले जमातमा ।

4 comments:

  1. तेस्रो शेर बाट गज़लले बाटो बिराएको जस्तो लाग्यो लयको ट्याक मिलाउनु होला /

    बम बम भोले !!
    खादै भांग गाजा !
    बजाउदै बाजा !!

    ReplyDelete
  2. जय शम्भो .. शिवलाई गज़ल ? समसामयिक पोस्ट । शानदार छ ।

    ReplyDelete
  3. जय शम्भो .. शिवलाई गज़ल ? समसामयिक पोस्ट रहेछ । शानदार छ रविन्द्रजी।

    ReplyDelete

Your feedback ?