उल्टै डुबुँ डुबुँ लाग्ने, आँखा हुन् कि ताल सानु,
को मछली, को ढडिया, कस्को पो थ्यो जाल सानु।
त्यो रूपको गुनगान सुनेँ, बाँध सबै थुन्दै आएँ,
तिम्रै परेलीको डिल, उछालियो छाल सानु ।
जताततै सम्म देखेँ, कुशल माझि ठान्दै थिएँ,
चारो तिम्रा तरेलीको, सफल भयो चाल सानु।
थाम बाँध भत्किएला, चुहिएला खेर जाला,
सारा जीवन भिज्नु पर्छ, पुगोस सय साल सानु।

आँखालाई नै ताल देख्दा रै'छन् गजल लेख्नेहरु ! :)
ReplyDeleteआँखा आँखै हो ताल तालै हो कन्फिउज हुनै पर्दैनन नि :)) हेर्दा उस्ता उस्तै छन र यि दुई ??
ReplyDelete