उडि जान्छु या खै, सडी जान्छु म,
बुझेको छु सबै, छोडी जान्छु म।
देउ कुरान, बाईबल, वेद झिकेर
अर्को अध्याय मान्दै, पढि जान्छु म।
के को रिस राग, कस्को देव को
यि बन्धन सबै, तोडि जान्छु म।
हैन गन्तव्य मेरो, पाण्डोरा चिनो [Pandora's Box]
बाकस भन्दा अघि, बढि जान्छु म।
कति बोझ बन्नु, ए आमा जननी,
भो आफ्नै खरानी, चढि जान्छु म।
बुझेको छु सबै, छोडी जान्छु म।
देउ कुरान, बाईबल, वेद झिकेर
अर्को अध्याय मान्दै, पढि जान्छु म।
के को रिस राग, कस्को देव को
यि बन्धन सबै, तोडि जान्छु म।
हैन गन्तव्य मेरो, पाण्डोरा चिनो [Pandora's Box]
बाकस भन्दा अघि, बढि जान्छु म।
कति बोझ बन्नु, ए आमा जननी,
भो आफ्नै खरानी, चढि जान्छु म।
"कति बोझ बन्नु, ए आमा जननी,
ReplyDeleteभो आफ्नै खरानी, चढि जान्छु म।"
भनेर रविन्द्र जी -हतोसाही नहुनुस न .....
छाडि जाने भनेर, पहिले नै खुट्टा छोड्न नमिल्ने, हार्न नमिल्ने ! लम्पसार त पर्नै हुँदैन !
ReplyDelete:)
गजल त गज्जप छ
ReplyDeleteतर जान्छु जान्छु मात्त्तै भन्नु भा रेच खास जाने चै का हो :)))
यति साह्रै बहकिन भएन है रबिन्द्रजी !
ReplyDeleteयहाँहरूको प्रतिकृया को लागी आभारी भएँ । गजल हालैका "कफिन आन्दोलनकारी" हरू प्रति समर्पित गरिएको थियो। :)
ReplyDeleteवाह! गुरु छाडेर जाने भन्नु हुन्छ! तर सन्यासी नै बन्न खोज्नु भा त हैन नि है!
ReplyDelete