औँलामा गनि गनि, के लेख्छस् गजल।
छाड्दे भो कनि कनि, के लेख्छस् गजल।
सुर ताल लय छोडि, मेलो बिगार्छस्,
काफिया खनि खनि, के लेख्छस् गजल।
मर्म अर्थ कुल्ची, काफिया खोज्दैछस्,
लौ मिल्यो भनि भनि, के लेख्छस् गजल।
छैनन् तेरा ति शेरमा, अर्त्योपदेश भने,
साधु झैँ बनि बनि, के लेख्छस् गजल।
छाड्दे भो कनि कनि, के लेख्छस् गजल।
सुर ताल लय छोडि, मेलो बिगार्छस्,
काफिया खनि खनि, के लेख्छस् गजल।
मर्म अर्थ कुल्ची, काफिया खोज्दैछस्,
लौ मिल्यो भनि भनि, के लेख्छस् गजल।
छैनन् तेरा ति शेरमा, अर्त्योपदेश भने,
साधु झैँ बनि बनि, के लेख्छस् गजल।
"औँलामा गनि गनि, के लेख्छस् गजल।
ReplyDeleteछाड्दे भो कनि कनि, के लेख्छस् गजल।"
...........
यति साह्रो चाही नभन्नुस न ....... लेख्न चाही नछाड्नुस है रविन्द्र जी !
के लेख्नु भनी भनी भरमार गो गजल
ReplyDeleteचाहिएकै बेलाको सरकार भो गजल !
पढ्ने कोही हुन्नन् तेरो गजल यस्तो,
ReplyDeleteनलेख भन्दा पनि पनि, के लेख्छस गजल
haahaahhahaha