अहिले जताततै बिगबिगी छ 'सिठी बजाउने' रेफ्रिहरुको । अङ्ग्रेजीमा Whistle Blowers भनेर त्यस्ता विशेष व्यक्तित्वलाई दिइने उपनाम हो जसले विशेष गरी ठूला र प्रख्यात संघ संस्था वा कुनै प्रचलित विशेष समूहले गरेका अनैतिक तथा गैर-कानुनी कर्तुतहरूलाई पर्दा अगाडि ल्याउन विशेष भूमिका खेल्ने गर्छन्। सार्वजनिक गरिने कर्तुत हरू पनि पेशा, क्षेत्र तह-तप्का र वर्ग अनुरूप फरक फरक हुने गर्छन्। म 'कर्तुत' भनेर सम्बोधन गर्दैछु किन की यी यस्ता काम हरू मात्र हुन जुन कुनै संस्था वा समूहले समाजमा राम्रो छवि र कारण देखाएर पिठ्युँ पछाडि आफ्ना स्वार्थपूर्ति गरिरहेका हुन्छन्।
यसरी गोप्य कुरा हरू सार्वजनिक गर्ने हकमा विश्व भरका राष्ट्रिय गुप्तचर संस्थाहरूका रहस्य हरू सार्वजनिक हुनुलाई विशेष महत्वका साथ हेर्ने चलन थियो। त्यो बाहेक क्रिकेट, फुटबल जस्ता खेलकुदमा हुने घुसपैठ , अनियमितता, डोपिङ जस्ता काण्डका रहस्योद्घाटन हुँदा पूरा विश्वले थाहा पाउँथ्यो अनि कारबाही, जरिमाना को प्रक्रिया अगाडि बढ्थ्यो। जितेका पदक हरू खोसिन्थे, खेलबाट बन्देज लगाइन्थ्यो। खेलकुदमा यसरी सार्वजनिक भएका थुप्रै उदाहरण छन् : फुटबल विश्वकपमा मिडिया कम्पनि सँग घुस लिएको आरोप लागेका फिफा का पदाधिकारीहरू , पाकिस्तान क्रिकेट टोलीका केहि खेलाडि हरू, ताजा घटना हुन्।
'फोहोरी खेल' को संज्ञा दिइएको राजनीतिका आन्तरिक चलखेल हरू जब सतहमा आउन लाग्छन् तिनले राष्ट्रिय रूपमा ठुलै उथलपुथल मचाउने आकलन हुन्छ र त्यस्तो भएको पनि छ। सन् १९७२ मा तत्कालीन अमेरिकी राष्ट्रपति Richard Nixon ले आफ्नो कार्यकाल थप्न का लागी घुस दिएको Watergate Scandle ले गर्दा अमेरिकाकै इतिहासमा राजीनामा दिने पहिलो राष्ट्रपति भएर कलङ्कित भई राजनीतिबाट हात धुनु पर्यो। त्यो बेला का प्रख्यात Whistleblower थिए जासुस Mark Felt जसको उपनाम Deep Throat रहन गएको थियो।
सन् २००६ मा स्थापित Wikileaks सायद इतिहासमै वृहत् रूपमा यस्ता कुकार्यहरूको पर्दाफास गर्ने पहिलो औपचारिक संस्था हो। र यी रेफ्रिहरुका जल्दाबल्दा नाइके अस्ट्रेलियाका नागरीक जुलियन एसाङगे (Julian Assange) हुन्। Wikileaks यो मानेमा पनि बहु चर्चित र लोकप्रिय छ किनकी यसले कुनै राष्ट्रिय भन्दा पनि अन्तराष्ट्रिय चासोका विषयहरूका बारेमा २ लाख भन्दा बढि अनैतिक चलखेल विरुद्ध प्रमाण भएको घोषणा गरेको छ। र ती सबैको केन्द्रविन्दुमा छ अमेरिका । अमेरिकाको सर्वशक्तिमान बन्ने होडमा विश्व शान्ति र सुरक्षा कायम राख्ने क्रममा विशेष गरी ईराक, अफगानिस्तान र विश्व आतंकवाद विरुद्द War On Terror सुरु गरे पछि विभिन्न देशहरूमा अनेक संघ संस्थाको बहानामा गुप्तचर राखि आन्तरिक हस्तक्षेप गर्दै आफ्नो साम्राज्यवाद र हैकम चलाउने क्रममा गरिएका आन्तरिक पत्राचार हरूको मुठो समातेर बसेको छ wikileaks । यदि त्यस्ता पत्रहरू सार्वजनिक भएमा अमेरिकालाई अन्तराष्ट्रिय रुपमै ठूलो बदनामी सहनु पर्नेछ। त्यसैले गर्दा उसले Assange लाइ पाखा लगाउनको लागि स्विडेन पुलिस सँग मिलेर आधारहिन बलात्कारको सतही आरोप लगाउने दुष्प्रयास गरिरहेको छ भने विश्वभरका मानिसहरू फैसलाको कठघरामा बसेर बाँकी प्रमाणको प्रतीक्षामा छन्। तर यस विषयलाई लिएर कुनै पनि देशले अमेरिका सँग दोहोरो वार्तालाप गरेको कुरा प्रकाशमा आएको छैन। बरू अमेरिकाले उक्साइरहेको South Korea र North Korea को झगडाको काण्ड भने सेलाएको छ। Wikileaks का यस्ता कागजातहरू सार्वजनिक हुन थाले पछि North Korea र South Korea को 'झडप क्षेत्र' मा अमेरिकी सैनिक तैनाथ गरेको कुरा त्यसै थगित भयो।
नेपालमा भने प्राय समाचार हरू "Wikileaks मा अमेरिकाले नेपाल विरुद्द के के षड्यन्त्र गरेको रहेछ वा के सोच्दो रहेछ" भन्ने प्रश्न धेरै सुन्न पाइन्छ। यो ज्यादै ताज्जुब को प्रश्न लाग्छ मलाइ । के हुन्छ लिक भएर ? ति कुरा थाहा पाएर के गर्छौँ हामीले ? गर्ला त रसियाले गर्ला, चिनले गर्ला। भारतले समेत केहि गर्न सक्ने स्थिति छैन। यहाँ सम्म की अमेरिका भित्रै पनि सायदै कुनै खलबली मचाउला। अमेरिकी जनताले रिस गरेर धेरै गरे अर्को पटक Republican लाइ सत्ता सुम्पलान्, त्यो बाहेक के परिवर्तन हुन्छ विश्वमा? रसिया, चिन जस्ता कम्युनिष्ट राष्ट्रहरु अमेरिकाका दुश्मन हुन् र भारत युरोप अमेरिकाका पछ्यौटे हुन् यो कुरा कसैले लिक गर्नै पर्दैन।नेपालको सन्दर्भमा आन्तरिक रुपमा एकताबद्द नहुँदै बाहिर चित्त दुखाउने कारण खोज्दै हिँड्नु भन्दा ठूलो मूर्खता केही हुन सक्दैन। माओवादी सँग भारतीय, अमेरिकी दुश्मनी अनि चिन सँगको सामिप्यता सार्वजनिक नै छ। काँग्रेस - एमाले ले काँग्रेसको जन्मदाता अमेरिका र भारत पक्षीय कुरा सुन्छ भन्ने पनि सर्वविदित छ । यो बाहेक रहस्य केहि छ भने नेताहरूले आन्तरिक साँठगाँठ गरेका कुरा सार्वजनिक होलान् ।
तर ती सार्वजनिक भएर हुन्छ के ? गणतन्त्र नेपालमै पहिलो राजिनामा दिए लगत्तै शक्तिखोर काण्डका भिडियो लिक भए, महराले चिन सँग हाकै सभासद किन्न पैसा मागेका अडियो लिक भए, राजावादीहरूलाई समर्थन गर्दै दिन-दहाडै बम आतङ्क मच्चाउने पत्रकार ऋषि धमलाका अडियो सार्वजनिक भए । सबै भन्दा ठूलो रहस्य राजदरबार हत्याकाण्ड त "भ्याट्भ्याटर्याटर्याट, कालो पदार्थ" जस्ता झाडा टार्ने रिपोर्ट ले टोपलिए । के लिक भएर के हुन्छ ? नेताहरूको स्वाभिमानमा आँच आउला वा उनीहरुको लाजले शिर झुक्ला भनौँ भने आत्मसम्मान भएका एकै नेता छैनन्। कसले कसलाई कारबाही गर्ने ? विश्वको दादा हो अमेरिका! उसका कर्तुत हरु १ - १ सार्वजनिक हुँदै गर्दा कसले गर्छ कारबाही ? के लिक भएर के हुन्छ ?

हाम्रा देश को बारेमा लिक भएका कुरा ले केही लछारपाटो लाउँदैन ! ए ! त्यस्तो गरेछ भन्यो त्यत्ति हो ! भारत र चिन जस्ता ठूला शक्तराष्ट्र को बिचमा बसेर, अमेरिका ले के सार्वजनिक गर्छ भन्ने कुरा नेपाल र नेपाली का खासै चासो को विषय होइन जस्तो लाग्छ ।
ReplyDeleteसमय सान्दर्भिक र एउटा अत्यन्तै सन्तुलित विचार।
ReplyDeleteएक दुई पत्रीकाले राम्रो ब्यापार गर्छन् केही दिनको लागि, एक दुई टि.भी च्यानललाई दर्शकले बेस्सरी हेर्छन्, SOCIAL NETWORKING साईटहरुमा धेरै जसोले खोक्लान्, फेरी यो नि सेलाउँछ । कमजोर स्मरणशक्ती भएका हामी जनताहरु, अर्को ISSUE शुरु नहुन्जेल यस्लाई याद गर्छौ !!!
ReplyDelete