लाँकुरी रुट्स: गजल -२२- तिमी मेरै हुनु पर्छ

गजल -२२- तिमी मेरै हुनु पर्छ

Wednesday, December 1, 2010

तिमी मेरै हुनु पर्छ, भन्ने विश्वास लाग्दै थियो,
जति जति चेतनाले, साक्षी प्रमाण माग्दै थियो ।

खुल्दै थिए जून तारा, मिल्दै थिए ग्रह सारा,
छिटो छिटो उज्यालोको, अघि ग्रहण भाग्दै थियो।

गीत खोज्यो गीत दिएँ, भाका खोज्यो भाका दिएँ,
केही सीप नलागेर, चन्द्रमालाई दाग्दै थियो।

भेट हुँदा मौनतामै, यही गजल गायौ जसै,
म तिम्रो नै हुनुपर्छ, भन्ने अठोट जाग्दै थियो।

तिमी मेरै हुनु पर्छ, भन्ने विश्वास लाग्दै थियो,
जति जति चेतनाले, साक्षी प्रमाण माग्दै थियो।

4 comments:

  1. Ramro cha kalu...kasto man chune yar..!!

    ReplyDelete
  2. बिस्वाश धेरै नगरौ है रबिन्द्र जी.......................

    ReplyDelete
  3. भो त अब ! तपाईँले नै त्यस्तो भने पछि ????

    ReplyDelete

Your feedback ?