लाँकुरी रुट्स: गजल -२४- कता लाग्यौ

गजल -२४- कता लाग्यौ

Wednesday, January 5, 2011

आउने बाटो खोज्दै थिएँ, रिसाएर कता लाग्यौ ?
सङ्लो मनमा धमिलोपन, मिसाएर कता लाग्यौ ?

मेरो शिरले तिम्रो काँध, खोज्दैछ ल आउ भन्यौ,
भरियाको आश यतै, बिसाएर कता लाग्यौ ?

दुविधाका डामहरू, देख्दैछु म भुईँभरी,
ग-हौँ पाईला जबर्जस्ति, घिसाएर कता लाग्यौ ?

हाँसो खुसी बाँड्नु थियो, घामपानीका कुरा थिए,
मेरो मुटु सेक्ने दियो, चिस्याएर कता लाग्यौ ?

4 comments:

  1. Very Sweet Gajal..
    Rabindra...
    ko ho tyo man ko diyo chisyaune..

    ReplyDelete
  2. Khai kata lagi sakichan, maile pani bhetna paina ! hehe

    ReplyDelete
  3. really good blog i like this
    fans of this blog

    pls
    now
    i make about nepal tourism blog pls all
    Pls Review my this blog i need suggest http://itsnepal.blogspot.com

    hope i will find ur suggestion

    ReplyDelete
  4. हाँसो खुसी बाँड्नु थियो, घामपानीका कुरा थिए,
    मेरो मुटु सेक्ने दियो, चिस्याएर कता लाग्यौ ?

    वाह, वाह ! खूब जमेको छ !

    ReplyDelete

Your feedback ?