त्यो दिन म घामपानीका कुरा खोतल्दै थिएँ,
अतृप्त मनशाले,
बादलमा झटारो हानेर सौर रसाएझैँ,
सुशेलीले हिमाल खोपेर मुहान फुटाई,
उर्लेको खहरे जस्तै,
म र मेरा भावना हरू छताछुल्ल भएका थिए।
त्यतै कतै प्रकृतिको आँगन माझ
मन पोखिएको कुनो निर
आफ्ना विचार र अभिव्यक्तिको साझा चौतारीलाई,
एउटा वृत्त - सम्वृद्द
आकार दिन खोज्दै थिएँ ।
कलियुगका कुरालाई,
कनिकुथीको साहित्यले झड्कार्दै,
शब्दका तरंगहरू फिजाउन खोज्दै थिएँ,
मेरो प्यारो संसारमा,
आँखा अगाडि डाँडापारीका दौँतरीहरू परेड खेल्दै थिए,
एक चोटी पढ्नै पर्ने, लेख्नै पर्ने
कुनै कथालु खसखसले उक्साईरहेको थियो, फेरी सोचेँ
साहित्य जीवनको निम्ति हो,
रहस्यमय विज्ञान देखि अद्भुत समाज सम्म हो,
तै पनि छैमलेको बबुरो र
पाँचथरे साईँलो का अभिव्यक्ति सँग बहकिँदा,
जोतारे शब्दहरू शब्द रहेका थिएनन्,
कुनै घायलका तरही मुसायरा जस्तै,
मेरा यात्राका सुस्केराहरू,
डायरीको पाना बाट जुर्मुराउँदै उठेर,
प्रतिबिम्बित हुँदै,
पानीफोटोमा टिल्पिलाउँदै थिए, मानौँ -
कृष्णपक्षको चाँदनीले समुन्द्रमा छलाङ् मारेको छ।
यस्तो समय र परिवेशमा,
म जस्तो भाते चोरलाई
साईबर चौतरीका गफगाफ,
प्रदिप, अर्चना, सुशिल, अञ्जली,
प्रवेस वा कुनै नेपाली केटीका अजब गजबका कुरा,
नेपाली ब्लगर र xnepali का गन्थन पढ्दैमा,
दुर्जेय चेतना प्राप्त भो भनेर,
भो न-कुरा गरम्,
किनकी म बुझ्छु,
घर आँगन छोडेर,
बाईरोडको बाटोमा निस्केपछि
आँफु सडकका अभिलेखको पात्र भईन्छ,
आफ्नै भनेका कति कुरा आफ्नै हुँदैनन्,
र यो?
यो त फगत् युटोपिया को खोजिमा हिँडेको यात्राको,
एउटा अन्त्यहिन सुरुवात हो।
अतृप्त मनशाले,
बादलमा झटारो हानेर सौर रसाएझैँ,
सुशेलीले हिमाल खोपेर मुहान फुटाई,
उर्लेको खहरे जस्तै,
म र मेरा भावना हरू छताछुल्ल भएका थिए।
त्यतै कतै प्रकृतिको आँगन माझ
मन पोखिएको कुनो निर
आफ्ना विचार र अभिव्यक्तिको साझा चौतारीलाई,
एउटा वृत्त - सम्वृद्द
आकार दिन खोज्दै थिएँ ।
कलियुगका कुरालाई,
कनिकुथीको साहित्यले झड्कार्दै,
शब्दका तरंगहरू फिजाउन खोज्दै थिएँ,
मेरो प्यारो संसारमा,
आँखा अगाडि डाँडापारीका दौँतरीहरू परेड खेल्दै थिए,
एक चोटी पढ्नै पर्ने, लेख्नै पर्ने
कुनै कथालु खसखसले उक्साईरहेको थियो, फेरी सोचेँ
साहित्य जीवनको निम्ति हो,
रहस्यमय विज्ञान देखि अद्भुत समाज सम्म हो,
तै पनि छैमलेको बबुरो र
पाँचथरे साईँलो का अभिव्यक्ति सँग बहकिँदा,
जोतारे शब्दहरू शब्द रहेका थिएनन्,
कुनै घायलका तरही मुसायरा जस्तै,
मेरा यात्राका सुस्केराहरू,
डायरीको पाना बाट जुर्मुराउँदै उठेर,
प्रतिबिम्बित हुँदै,
पानीफोटोमा टिल्पिलाउँदै थिए, मानौँ -
कृष्णपक्षको चाँदनीले समुन्द्रमा छलाङ् मारेको छ।
यस्तो समय र परिवेशमा,
म जस्तो भाते चोरलाई
साईबर चौतरीका गफगाफ,
प्रदिप, अर्चना, सुशिल, अञ्जली,
प्रवेस वा कुनै नेपाली केटीका अजब गजबका कुरा,
नेपाली ब्लगर र xnepali का गन्थन पढ्दैमा,
दुर्जेय चेतना प्राप्त भो भनेर,
भो न-कुरा गरम्,
किनकी म बुझ्छु,
घर आँगन छोडेर,
बाईरोडको बाटोमा निस्केपछि
आँफु सडकका अभिलेखको पात्र भईन्छ,
आफ्नै भनेका कति कुरा आफ्नै हुँदैनन्,
र यो?
यो त फगत् युटोपिया को खोजिमा हिँडेको यात्राको,
एउटा अन्त्यहिन सुरुवात हो।
soch, tsunami, pahiro, kuhiro, suiro, gazal, ghazal, rang, baato
दामी ! दामी!!
ReplyDeleteउत्कृष्ट लागेको कुरा के भने यत्रो विधि ब्लगका नामहरू कवितामा पङ्क्तिबद्ध गर्दा पनि कविताको आफ्नो 'धार' छुटेको छैन र त्यसमा आफ्नै रस छ । हाइपर लिन्क हटाएर सर्रर पढ्ने हो भने कविता 'पूर्ण कविता' छ ।
वाह !
दम्म्मी छ :)
ReplyDeleteदाम्मी छ :)
ReplyDeleteGajjab :)
ReplyDeleteबढो गजबको लागो तपाईको पोष्ट ! यो खालको 'कबितात्मक क्षमता" धेरै कम सँग हुन्छ भन्ने मेरो मान्यता हो ! बधाई छ र शुभकामना पनि ;)
ReplyDeleteवाह !
ReplyDeleteनेपाली ब्लगको एक मेहेरो सूची त यसैलाई मान्दा हुने भयो ।
नामको ओइरो लगाउँदा पनि कविताले बाटो बिराएको छैन ।
गजबको प्रयोग !
Great. I was stunned to see the flow!
ReplyDeleteयस्तै यस्तै नयाँ प्रयोगको खोजिले गर्दा होला, रविन्द्रजीको ब्लग पोष्ट केही पृथक र नौलो र रसिलो लागिरहन्छ मलाइ । माथि दिलिपजी ले भन्नु भए झैं हैपर लिंक हटाउँदा पनी कविता मिठो छ । जय होस् ।
ReplyDeleteवाह् वाह् वाह् रबिन्द्रजी " एक मट्याङ्राले दुइ'टा चरा खुत्रुक्कै! लिंकहरु सङ्रहणीय त छँदै छन् कबिता पनी त्यतिकै मिठो लाग्यो।
ब्लगका शिर्षकहरुसंग कविताको प्रवाह अनवरत भएकोले सुनमा सुघन्ध थपिएको छ ! कविताको शैली सार्है राम्रो, सार्है गज्जब लाग्यो !
ReplyDeleteयस्तो हो CREATIVE MIND भनेको । सलाम छ बिरादर तिम्रो कारीगरिलाई । :)
ReplyDeleteकविता होस् त यस्तो होस, कि दुनिया छक्क परोस । रबिन्द्रमात्र होइन कविन्द्र पनि हुनु हुदो रैछ तपाइँ त ।
ReplyDeleteसम्झनेलाई सलाम छ, कविता धुमधाम छ | संसारै अटाएर फेरी सलल नदी जस्तै बग्ने कविता किर्तिमान छ |
ReplyDeleteहा हा हा,..... प्रतिभा होस् त यस्तो !! रचना आफ्नो बनोस, उपयोग सबै होउन..... लेखक खुशी, पाठक झनै बढी खुशी !! :D वा वा..... कुनै जवाफ नै छैन ! :))
ReplyDeletekudos! great work
ReplyDeleteसाह्रै गजबको लेख्नुभएछ !!!
ReplyDeleteA Great creation of Blogger Lover.....
ReplyDeletegreat one rabindra ji. interesting and fresh. i have shared it at nepal blogs.
ReplyDeletehttp://bhumikasa.wordpress.com/नेपाली-पन्ना/rabindra-rijalकविता-नेपाली-ब्लग-वरिपर/
haina ho esto creation chai kasari garna sakeko hou.. eso idea pamna.. kada lagyo..
ReplyDeleteक्या गजबै लेख्यौ नि बाइ ।
ReplyDelete