लाँकुरी रुट्स: डिजिटाइजेशन - १ (प्रतिलिपि संरक्षण , ई-चोर)

डिजिटाइजेशन - १ (प्रतिलिपि संरक्षण , ई-चोर)

Thursday, March 31, 2011

नेपाली शब्दकोष मा 'डिजिटल' भन्ने शब्द आगन्तुक वर्ग अन्तर्गत राखि सकिएको रहेछ - रेडियो, कोट, कम्प्युटर (सुसाङ्ख्य), इन्जिनियर (अभियन्ता) जस्ता अन्य शब्दहरूको हाराहारी । त्यसो भने अब कुनै पनि सूचना, जानकारी, तथ्याङ्क, लेख आदि लाई सुसाङ्ख्य मा राख्ने प्रकृयालाई के भन्ने? डिजिटलाइजेशन? डिजिटाइजेशन? डिजिटाम्य? डिजिटलिकरण? सुसाङ्खिकरण? सुसाङ्खित? किनकी बिजुलीको अभाव भए तापनि दुबोको चौरझैँ कम्प्युटरमय हुँदै गएको हाम्रो समाजको आगामी पुस्तालाई अत्यावस्यक पर्ने 'क्रियापद' हुने सम्भावना प्रबल छ। 'डिजिटाइजेशन' भनेको 'टाइपराइटर' मा 'टाईप' गर्ने 'टाइपिष्ट' को काम भन्दा बेग्लै हो । लोक सेवा आयोग ले वार्षिक निवेदन खुलाउने 'कम्पयुटर अपरेटर' को सरकारी जागिर भन्दा पनि अलग। कम्प्युटर चलाउने भाषाविद् र नेपाली गुरुहरू कुनै लेख कम्प्युटरमा राख्ने प्रकृयालाई के भन्नुहुन्छ? आम साथीहरू के भन्नुहुन्छ? सफ्टवेयर, अपलोड, डाउनलोड, कपि, पेष्ट, सेभ, टाइप, कम्प्युटरले सुटुक्क हाम्रो समाजमा घुसाएका नव-आगन्तुक शब्द होइनन् र? नेपाली भाषालाई कम्प्युटरमय बनाउनमा "मदन पुरस्कार पुस्तकालय" http://www.madanpuraskar.org/ का युनिकोड परिवर्तक साधन र कम्प्युटरको अपरेटिङ सिस्टम लाई नै नेपालीमय बनाउने "नेपालीनक्स" http://www.nepalinux.org/ जस्ता योगदान प्रशंसनीय छन्। 

लहरो तान्दा पहरो थर्किन्छ भने जस्तो कम्प्युटरले हाम्रो दैनिक जीवनशैली मा जोडेका थुप्रै गुण-अवगुण हरू केलाउँदै जाँदा मलाई थुप्रै विचारले तानेका छन्। लेख, रचना, सूचना लाई 'डिजिटाईजेशन' गर्नु का फाइदाको बारेमा सबैले भन्न सक्छन् - छिटो-छरितो, टिकाउ, आयात, निर्यात, प्रेषण गर्न, बोक्न, हेर्न सजिलो - आदि इत्यादि। तर यी सबै गुण दिएर नेपाली भाषा र जीवनशैलीमा आधुनिकीकरण डोबेको यस्को अर्को पक्ष हो जुन आफैँमा सहि पनि छ र गलत पनि छ। कम्प्युटर युगको सुरुवाती दिन भएकैले यस्ता गौण कुराहरूलाई मध्यनजर राखि आधुनिकीकरणलाई आत्मसात गर्दै मौलिकता को संरक्षण कसरी गर्ने? भन्ने विषय भाषाविद् तथा सरोकार वालाहरूलाई चासो को विषय हुन सक्छ। त्यसैले लेखको शीर्षक नै सङ्ख्याङ्कन गरेर सबै ध्यान अहिले लाई गहन देखेको 'डिजिटाइजेशन' को एउटा पाटो - प्रतिलिपि संरक्षण तिर लगाउँदैछु।

नेपालका सरकारी कार्यालय, बैँक, संघ, संस्था हरू भन्दा एक कदम अगाडि समाचारदाता, पत्रपत्रिकाहरू प्रवेश गरे होलान्। त्यो सँगै ब्लग, साईट बनाएर साहित्यकार हरू पनि विस्तारै 'डिजिटाइज' हुने होडमा छन् भन्दा अतिशयोक्ति नहोला र यस सँगै देखापरेको छ प्रतिलिपि संरक्षण सम्बन्धी अवगुण अनि इन्टरनेटमा छापिने लेखहरूको भाषिक अशुद्दता। भाषिक अशुद्धि सम्बन्धी विचारलाई आगामी लेखको लागी थाँति राखेर म फेरी प्रतिलिपि संरक्षण र सर्जक श्रेयता मा फर्केँ र त्यो पनि ब्लग, फेसबुक नोटमा केन्द्रित। केही महिना अगाडि नेपाली भाषामा ब्लग लेख्ने अग्रज ब्लगर "दूर्जेय चेतना", "दिलिप आचार्यको साझा चौतारी" जस्ता ब्लगका लेख चोरिएको भन्ने व्यापक चर्चा चलेको थियो। त्यसपछि उहाँहरू मानौँ एक कदम पछाडि हट्नु भएको छ र ब्लगमा केही हद सम्म निष्क्रिय हुनु भएको छ भन्ने मलाई लागेको छ। त्यस्तै गत महिना अन्तराष्ट्रिय रुपमा चर्चा चलेको Plagiarism को अर्को खबर थियो - जर्मनीका सबै भन्दा लोकप्रिय नेता तथा तत्कालीन रक्षा मन्त्रि कार्ल थियोडर गुटनबर्ग (Karl Theoder Guttenberg) ले सन् २००६ को विद्यावारिधि रिपोर्टमा श्रोत नखुलाइ सूचना राखेको आरोप लागे पछि नैतिकता का आधारमा राजीनामा दिएको बारे।

इन्टरनेट र 'डिजिटाइजेशन' को यो अवगुणले नेपाली सृजना क्षेत्रलाई पनि दुषित गराउँदैछ। त्यसो त सबै कम्प्युटरकै दोष हो भन्नु पनि जायज हुँदैन। केहि समय अगाडि उठेको तर हाल फेरी सतहमा उत्रेको अर्को बहसको विषय हो - प्रेमराजा महत विरुद्द उजुरी  भन्ने खबर। 'सिमसिमे पानीमा' जस्तो लोकप्रिय गीतमा समेत असली हकदार को भन्ने निर्क्यौल हुन सकेको छैन र विवादित छ। सृजना बाट 'प्रभावित भएर' त्यसैको प्रतिलिपि या अवयवका रुपमा थप सृजना गर्नु तर हकदार सर्जकलाई श्रेय नदिनु दण्डनीय हुन्छ र हुनु पर्छ। 

हालै गजलगो मित्रहरू जितेन्द्र मल्ल, दिनेशराज ज्ञवाली, दलबिर सिं 'घायल' र स्वयं मेरै केहि गजलहरू व्यापक रुपमा ब्लग, फेसबुकका नोट, केहि ई-पत्रिकाहरूमा नाम र लिङ्क बिना नै राखिएको छ्यापछ्यापी भेटियो । केहि उदाहरणहरू :

१. मेरो वेचैन एकल रात एउटा भन्ने यसै ब्लगमा प्रकाशित गजल यहाँ पाइयो: http://aajakodin.blogspot.com/2009/08/blog-post_577.html
२. त्यस्तै गरी आँखा हुन् कि ताल सानु भन्ने अर्को गजल यहाँ पाइयो: http://sirthauli.blogspot.com/2011/03/blog-post.html
३.दिनेशराज ज्ञवाली का गजलहरू वहाँको ब्लग यात्राका सुस्केराहरू बाट एकमुस्ट झिकेर यहाँ राखिएको रहेछ: http://aajakodin.blogspot.com/2009/12/blog-post_1641.html
४.सर्जक जितेन्द्र मल्ल ले  सर्जक मित्रहरु सावधान, कतै तपाईंको रचना चोरि भएको त छैन ? आफ्ना चोरी भएका सृजनाहरूको लिस्ट नै तयार गरेका छन्।
५. दलबिर सिं घायल ले फेसबुकमा बाँड्नु भएको गजल यो ब्लगमा http://pramilaupreti.blogspot.com/2010/09/blog-post_7172.html 

यी त भए मेरो नजरमा परेका ब्लग क्षेत्रका केही चोरी सम्बन्धि लेख हरू! तपाईँ पनि आफ्ना सृजनाहरूको एक हरफ GOOGLE मा खोजी हेर्नुस् त कति फेला पर्छन् ?

अग्रज र सबैलाई प्रेरणा दिने साहित्यकारहरूको जमघटले साहित्यमय बनेको सामाजिक सञ्जाल फेसबुकमा समेत यो रोगले ढ्यापेको छ। मीठा मीठा शेर र गजलले साहित्य क्षेत्र र फेसबुक प्रयोगकर्ता लाई भिजाउने तथा अन्य दक्ष, सिकारू सबै खाले गजलकारहरूलाई स्याबासी, सुझाव दिने करूण थापा यसो भन्दै गुनासो पोख्नुहुन्छ : http://www.facebook.com/karunthapa/posts/10150116989145869
म, करुण थापा, आफ्नो होसहवासमा आफ्ना notes मा भएका गजलहरूलाई आजका दिनदेखि बन्द गरें र share नगर्ने बिचार गरें । यसबाट कसैलाई पनि पर्न गएको असुविधाका लागि क्षमा चाहन्छु । बेला बेलामा गजलहरू post गर्नेछु र केही समयपछि ती गजलहरू फेरि बन्द गरिने कुरा यहाँहरुमा खेदका साथ अवगत गराउन चाहन्छु ।

भवदीय
करुण थापा
ब्लगहरूबाट यस प्रकारका रचना चोरी वा साभार गरिन बाट बन्देज गर्ने एउटा प्रावधान हो CREATIVE COMMONS http://creativecommons.org/ को प्रतिलिपि अधिकार सम्बन्धी सूचना आफ्नो ब्लगमा राख्नु। यो राख्नुको अर्थ पाठकलाई  लेखक स्वयंले प्रतिलिपि अधिकार लाई अंगिकार गर्दै आफ्नो ब्लगका सामग्री सोही नियमअनुसार राखिएको र साभार गर्दा सो पालना गर्नु पर्ने जनाउ हुन्छ। कम से कम अमेरिका मा यसरी संरक्षित रचना अन्त राखिएको पाइएमा अदालत मा उजुरी गर्न पाइन्छ । नेपालको प्रतिलिपि ऐन सम्बन्धी यसरी ई-चोरलाई कारवाही गर्ने नियम को प्रावधान बारेमा म अनभिज्ञ छु । त्यसमाथि अन्तर्देशीय ब्लग सामग्रीलाई कसरी संरक्षण, कारबाही गर्ने भन्ने अर्को कानुनी कडी लाग्न सक्छ। 
इन्टरनेटमा भएका यस्ता कमजोरीहरूलाई ढिलो चाँडो सच्याउन सकिन्छ। कागजी छापामा वा रेकर्डिङ्मा यसरी चोरी भयो भने एक त पत्ता लगाउन पनि मुस्किल पर्छ भने अर्को तिर सच्याउने ठाउँ पनि रहँदैन। त्यसैले रचनाकार हरू आफ्नो सृजना दाउमा राखेर पाठक समक्ष पुग्ने खतरा मोल्नुहुन्छ। यदि माथि उल्लेख गरिएझैँ सर्जकहरूलाइ हतोत्साहित गर्ने कामको थालनी भयो भने साहित्यकारहरूको जाँगर मरी इन्टरनेटमा होमिएको युवा पुस्ता नेपाली साहित्य बाट वञ्चित हुन सक्छ । अत: यसरी आँफुलाई मन परेको वस्तु सृजना गर्ने सर्जकको मन कुँड्याएर अन्य श्रोतको मुहान सुकाउनु भन्दा मन परेको लेख रचना नाम सहित बाँडेर; परिमार्जन गरेको भए थप केहि शब्द खर्चेर बाँड्ने व्यक्तिगत आचरण बसाल्न पाए बामे सर्दै गरेको हाम्रो 'डिजिटाइजेशन' सफल हुने थियो।  नेपाली भाषा, शब्द, साहित्य लाई माया गर्नु हुने तमाम नव आगन्तुक ब्लगर, प्रशंसकहरुमा विनम्र अनुरोध ।

8 comments:

  1. ब्लग वा विद्युतीय माध्यममा राखिएका सामाग्रीहरू चोरी हुने क्रम वा 'परम्परा' निकै लामो भैसकेको छ । यसलाई 'तह' लगाउनै नसकिने हैन, तर एउटालई बल्ल बल्ल ठीक पारेको हुन्छ अर्को नयाँ चोर जन्मन्छ । मुख्य समस्या यही हो ।

    मैले आफनै ब्लगमा पनि लेखिसकेको छु :

    "हामीहरु, आफ्नो घर-कार्यालयका व्यस्तताका बाबजूद मनोरञ्जन वा अन्य कुनै सामाजिक जमघटको समय कटौती गरेर लेख्‍छौ। त्यसैले लेख उत्कृष्ट भए वा नभएपनि यी सबै हाम्रा मौलिक रचना हुन र यिनको 'सर्बाधिकार' ब्लगरमै रहनु पर्छ भन्ने मेरो मान्यता हो ।"

    हामीले सबैले पढुन् भनेर नै ब्लग वा अनलाईन पेजहरूमा यस्ता सामाग्रीहरू राख्ने भएकाले यसलाई बाँडनु सहयोगी नै हुन सक्छ तर माथि पोस्टमा लेखिए जस्तै: श्रोतको मुहान सुकाउनु भन्दा मन परेको लेख रचना नाम सहित बाँडनु पर्छ नै /

    ReplyDelete
  2. निकै गम्भीर विषयवस्तु उठाउनुभएको छ। ब्लग भेलाहरुमा पनि यस विषयमा धेरै छलफल हुने गरेको हो। हामीसँग तत्काललाई भएको उपाय भनेको सिर्जना-चोरहरुको सार्वजनिकीकरण र सामूहिक खबरदारी नै हो, चोरहरुसँग डराएर सर्जकहरुले मन चाहिँ मारिदिनु भएन।

    ReplyDelete
  3. "एकल यात्री" र अन्य पिडित साथि हरु, You can complain to Google about blogspot blogs. बिस्तृत विवरण यहाँ : http://tech.xnepali.com/a-blogspot-blog-your-content-without-permission-what-to-do/

    ReplyDelete
  4. Ramro issue ho!
    Kehi solutions haru bhaneko;
    *blogspot ma hosted blogs haru lai directly report garna sakincha
    *Afno blog feeds haru limited characters matrai publish garne (no full feeds)
    Tara yesle nai garda Lekhna chodnu bhane ramro hoina!
    Kasaiko blog chorera aakhir popular hune hoina; Kehi din ko blog banaune rahar pugchha ani afai chodchan testo haru le!
    Issue serious bhaye pani malai yeti seriously linu parchha jasto lagdaina tara. Hamro Nepali blogs padhne haru nai thorai chan ra Padhe haru lai kun original content ho bhanne chuttauna garo pardaina.
    Tara pani initiative ko lagi dherai dherai dhanyabad! Awareness is the key for control.

    ReplyDelete
  5. Thanx! like I said, in internet (digizited verison) these issues can be addressed and corrected. But if they got the popularity doing so (which I've seen happening) they will be encouraged to print a book or get in newspaper and then the identity of the creator gets shaded.
    It not might be an issue for 'ramblings' and event reports, but when it comes to real creation works in the form of literature, it is quite depressing.

    ReplyDelete
  6. nirmala awasthi

    thanks for very useful information.

    ReplyDelete
  7. मेरो आफ्नै ब्लग त अरु कसैकोमा देखेको छैन्, लिन्क राख्ने बाहेक्। चोरिको समस्याले धेरै लाई नराम्रो पारेको भने भेटेको छु। जानकारी मुलक रचना।

    ReplyDelete
  8. मेरो त एउटा सिर्जना हैन, लगभग सिंगै ब्लग नै चोरी भएछ । हेर्नुहोस्ः http://bikash-thegorkha.blogspot.com/ अरू चोरहरू खोज्दैछु । हामीजस्ता ब्लगसाहित्य गर्नेले के अब ब्लगिङ गर्नै नपाउने ? यस्ता चोरहरूलाई कस्ले कारबाही गर्ने ?

    ReplyDelete

Your feedback ?