लाँकुरी रुट्स: २०१० लाई फर्केर हेर्दा

२०१० लाई फर्केर हेर्दा

Thursday, December 30, 2010

अन्य वर्ष जस्तै २०१० पनि पछाडि फर्केर हेर्दा अनेकौँ याद र चिनोले भरिएको एउटा ओजिलो यात्रा जस्तो लाग्दैछ । अनि पुगेको यो गन्तव्य पनि उस्तै उस्तै - अलि अलि खोजे जस्तो, रोजे जस्तो अलि अलि नसोचे जस्तो । यो आभाष आँफैमा नौलो जस्तो पनि लागेको छैन । कतै बहाव सँग लहरियो, कतै मन मारेर पाइला रोकियो, जे जस्तो भएर होस् यहाँसम्म आइपुग्दा मन प्रफुल्ल छ, आँउदो वर्षका योजना हरु ले सर्रर छोएर बग्दै छन् । व्यक्तिगत हिसाब मा भन्नु पर्दा ६ महिना Philips को सफल कार्यकाल, पढाइको बीट मार्ने तयारी, पाएक को ठाउँमा परिवारको बसाइ सराइ अनि ब्लग, फेसबुकट्वीटर बाट लगभग दैनिक जसो सम्पर्कमा हुने हँसिला र रसिला परिचयहरु नै हुनु पर्छ। त्यसबाहेक आफ्नो रूचिको खेल फुटबल विश्वकपको १९ औँ संस्करणमा आँफु बसेको देश [नेदरल्यान्ड] र आँफुले रुचाएको देश [स्पेन] अन्तिम चरण सम्म उत्कृष्ट प्रदर्शन गर्दै फाइनल खेलेको अनुभव पनि कम स्मरणिय रहेन। उता आफ्नो देशकी चेली अनुराधा कोइरालाको >> read my post << अन्तराष्ट्रिय रुपमा पहिचान पाएर CNN Heroes मा चन्द्र सूर्य फर्फराएको त्यो दृश्य सँधै जिवित रहने छ।

त्यती मात्र नभएर केहि मन दुखाउने घटना हरुले पनि विचलीत गराए। ३ वर्ष सम्म सँगै पढेका एड्भान्स्ड कलेज अफ ईन्जिनियरीङ एन्ड म्यानेजमेन्ट का मित्र आनन्द शाह को असामायिक निधन ले धेरै समय सम्म गाँजि रह्यो । सामाजिक रुपमा वर्षको सुरुवातमै गएको हाइटी चिलि का महाप्रलयकारी भुकम्पहरूले मन कुँड्याउने ठाउँ पाए। सांगितिक रुपमा हाइटिका पिडितको सहयोगार्थ Canadian गायक K'nan ले गाएको Wavin' Flag भन्ने गीत का When I get older, I will be stronger  र We just move forward like buffalo soldiers जस्ता वाक्यांश हरू अझै अनायासै निस्कन्छन् एक्लै भएको बेला । Dutch भाषा सिक्न जाँदा पोल्यान्ड का केहि साथी हरू थिए, पोल्यान्डका राष्ट्रपति सहित ९६ जनाको टोलीको रहस्यमयी जहाज दुर्घटनाले पनि १,२  महिना जसो ठाउँ पाइ रह्यो । सालको मध्य तिर ब्रिटिष उर्जा कम्पनी BP ले Gulf Of Mexico मा गरेको तेल चुहावटले थुप्रै अपजस बटुल्यो ।

नेदरल्यान्ड मै भएको मध्यावधी चुनावमा आएको अप्रत्याशित नतिजामा मुस्लिम समुदाय विरोधि दल र अन्य रुढीवादी मतदाताको बहुमतले यूरोपमै खलबली मचायो । त्यसो त यूरोपमा अझै ननिभेको २००९ देखि को आर्थिक मन्दिको डढेलो ले आगत ग्रिस, आयरल्यान्ड को निकास अनि फ्रान्स-जर्मनीले युनियन छोड्ने धम्कि , नेदरल्यान्ड र बेल्जियमको अस्थिर सरकार जस्ता विषयका बीचमा दुबो झैँ मौलिँदै गएको मुस्लिम समुदाय ठुलै टाउको दुखाइको विषय हो । र मेरो कानमा गानगुन गुन्जिरहने बहसका विषय पनि भए । वर्षको उत्तरार्द तिर उत्तर कोरिया र दक्षिण कोरिया को भिडन्तमा चाइना र अमेरिका को हस्तक्षेप ले समाचार तात्दै थियो, त्यहि नै बेला Wikileaks ले अमेरिकि सरकारका गोप्य कुटनितिक दस्तावेजहरु सार्वजनिक गरेर ठूलो खैलाबैला मच्चायो । अमेरिकाले अष्ट्रेलियन नागरिक Julian Assange लाइ थुप्रै कुटनैतिक दाउपेच लगाउँदै सो सार्वजनिकिकरणको समाधान खोज्दै गर्दा स्विडेन मा नाटकिय बलात्कारको आरोप लागी केहि समय थुनामा राख्यो। तर अचम्म को कुरा १ महिना मै wikileaks को ज्वाला निभिसकेको भान हुँदैछ । आजकल फाट्टफुट्ट समाचार बाहेक केहि हुन सकेको छैन। सायद त्यसैले गर्दा विश्वमा सन्तुलन कायम भइराखेको छ । साँच्चै अमेरिकाका कर्तुत हरू को बारेमा कारवाहिको समाधान नै देख्दिन म >>read my post<< । नेटो अन्तर्गत बेलायती फोर्सको अफगानिस्तानमा असफल भएको निन्दनिय वचन बारे हिलारी क्लिन्टनले क्षमा याचना गरीन्, ईटलीका प्रधानमन्त्री बेर्लुस्कोनी, र फ्रान्सेली राष्ट्रपति निकोलस सार्कोजी र अन्य देशका व्यक्तित्वहरुलाइ होच्याएर पर्योग गरिएका अपशब्दहरुको कुटनैतिक रुपमा क्षमा याचना बाहेक खास केहि भएको जस्तो लागेन । बरु अमेरिकि सैनिक को तर्फबाट केहि cable सार्वजनिक गर्न मद्दत पुर्याउने  सैनिक Bradley Manning गद्दारको आरोपमा थुनामा परेका छन्। उनको लागी आउँदो वर्ष धेरै कठिनाइको वर्ष हुनेछ । अर्को तिर Kathmandu, India  लेख्ने TIME ंMagazine >>read my post<< ले Person of the Year भनेर फेसबुक निर्माता Mark Zuckerberg लाइ घोषणा गरेको पनि चर्चाकै विषय भयो किनकी लोक ले Julian Assange को बहादुरी को कदर र सम्मान हुने विश्वास राखेका थिए।


आफ्नै देशको हकमा भने सँधैको जस्तो उहि विचलन र नैराश्यताको लामो श्वास बाहेक केहि छैन। कैयौँ दशक नेपाली राजनितिलाइ सुम्पेका नेपाली काँग्रेसका सफल नेता गिरिजा प्रसाद कोइराला को निधन ले देश लङ्गडो  भएको साबित भएको छ। जिवित रहँदा जति उपनाम जोडेर आलोचना गरेतापनि उनको अभाव नेपाली राजनितिलाई हरेक मोडमा खड्किरह्यो। नयाँ नेपालको नयाँ संविधान बनाउन लागिपरेका उनै रुढिवादी सोच र परम्पराका नवनायक हरुको ब्रिफकेश लुछाचुँडि कान्ड अनि १७ पटक हार्दा पनि लोकलाज पचाएका पाखन्डि काँग्रेस नेता रामचन्द्र पौडेल र चुनाव हारे पनि प्रधानमन्त्रिको गद्दीमा आश्रित माकुने, प्रचन्डको पार्टीभित्रको संघर्ष, बहुलठ्ठिपन र यस्तै यस्तै कुराहरुले नयाँ नयाँ गाली घोकाएर गए। यसरी आन्तरिक खलबल मचाउँदा कृष्णबहादुर महराले चिन सँग पैसा मागेको गोप्य कुरा अनि दिन दहाडै र देखादेख माननिय मन्त्रिहरुलाइ थर्काउँदै हिँड्ने भारतिय दुत राकेश सुद पनि चर्चाको शिखरमा रहे । यति हुँदा हुँदै मोबाइल सेवा प्रदायक कम्पनी NCELL [SPICE Nepal] ले Mount Everest मा 3G Mobile >> read my post <<सेवा विस्तारित गर्ना ले पनि देशको प्राविधिक सक्षमताका बारेका विश्वलाइ सकरात्मक परिचय दिलायो। त्यो बेला Twitter मा प्रचलित शब्द (Trended word) को रुपमा दर्ता हुने Mount Everest पहिलो नेपाली विषय बन्यो । अन्त्य तिर दैनिक ११ घन्टा बनाइएको लोडसेडिङ सहँदै गर्दा expiry date छलेको Dabur Real जुस अनि देश र जनताको लागी (डा.) सुजाता कोइराला का ज्वाईँ (डा.) रुबेल चौधुरी माथि गोलि चलाएका पारस शाह पनि मिडियामा अनुहार देखाउन सफल भए ।

मेरो हकमा भने Google पछि दोस्रो सर्वाधिक चलाइने वेबसाइट Facebook मार्फत कैयौँ सृजनशिल व्यक्तित्व तथा मित्रहरु सँगको सामिप्यता प्रगाढ बन्यो। गजल लेखन का विधि, नियम हरुको बारेमा सजग हुने अवसर मिल्यो । धन्य होस् बुलबुल कार्यक्रम [भाग ५९ - दशैँ - २]>> read my post <<  र सञ्चालक अच्युत घिमिरे लाइ -  विजया दशमी को अवसर पारेर सबै आफन्तजन तथा देश विदेशमा रहेका इष्टमित्रहरूलाइ सन्देश सुनाउने अवसर मिल्यो । यता ब्लग लेखनमा  अमुल्य समय खर्चेर पढ्ने र  प्रतिकृया दिने अग्रज तथा सहयात्रीहरुको साथले थप प्रेरणा र हौसला मिल्यो । Twitter मार्फत भेट भएका नव परिचित सबै साथीहरुका रमाइला तर ओजपुर्ण समसामयिक घटना हरुको बहस, ठट्यौली हेर्ने बानी परेको छ। फेसबुकमा बनेका ग्रुप ( बेग्लै परिधि-बेग्लै पहिचान, साहित्य सञ्जाल ) ले रमाइलो तथा साहित्यिक खुराकको कहिल्यै अभाव हुँदैन । सोहि समूहबाट प्रेरित भएर आउँदो वर्षमा एउटा सामुहिक गजल सङ्ग्रह समेत निकाल्ने सोच बनाएका छौँ । यसरी जहाँ रहेता पनि आत्मिय व्यवहार गर्ने, सुझाव दिने, गाली गर्ने तपाइँहरू सबै लाइ सहृदय धन्यवाद दिँदै आगामी वर्षमा देश तथा तपाइँहरु सबैको उत्तरोत्तर प्रगती होस् , यो सानो भएपनि रमाइलो एक्यबद्दता सदा कायम रहोस् र नेतृत्व पङ्कतिमा पनि चाँडै सदबुद्दि आइ सहमति बाट निकास आओस् भन्ने कामना सहित - शुभ २०११ लाई स्वागत गर्दैछु ।

3 comments:

  1. Happy new year 2011 Rabindra Rijal ji & I wish you all the best !

    ReplyDelete
  2. Thank You Bed sir and Suman jee , wish you all the best too :)

    ReplyDelete

Your feedback ?