लाँकुरी रुट्स: गजल -२३- मासिने हरुको

गजल -२३- मासिने हरुको

Monday, December 20, 2010

बुझ्न खोजेँ कथा उकासिने हरूको,
जरा थिएन कतै मासिने हरूको ।

छिटो फल्ने उहि मलखातको फलझैँ
निरश थियो व्यथा भासिने हरूको ।

यात्रा अमर छ आफ्नै जरामा टिक्नेको,
हाँगै पिच्छे दोमन टाँसिने हरूको ।

गन्ति बढी जन्ति उनैको हजार,
शोक खै फँडानिमा नासिने हरूको।

1 comment:

  1. बलेको आगो ताप्नेहरुको समाजमा शोक मनाउन पनि मतलव राख्दैनन -नासिने र मासिनेहरुको !

    ReplyDelete

Your feedback ?