लाँकुरी रुट्स: गजल -१९- सपना सितारा

गजल -१९- सपना सितारा

Thursday, November 4, 2010

पैँचो देउ थोरै मीठा, सपना सितारा
धितो राख बरु मेरा, विपना यी सारा।

भुवा सरी उड्न सकूँ, बादल टेकेर,
उठ पहाड बन मेरा, कल्पको सहारा।

तैरि रहूँ म बेफिक्रि, कागजी देह होस्,
जलाशय बनाउ धर्ती, ढाकेर किनारा।

सयर सुस्ताउँ म त्यो, स्वर्गीय गाउँमा,
सबै पात्र हुन्छन् जहाँ, प्रेमील र प्यारा।

Labels : dreams, sea, sky, fly, row, boat, ship, heaven, moon, stars

2 comments:

  1. सपनाको गाउँ साँच्चिकै रमाइलो होला कि ? बिपनालाइ धितो राख्ने गजल मिठो लाग्यो !

    ReplyDelete
  2. धन्यवाद चैतन्य जी ! नदेखेका, नभेटेका कुरालाई रमाइलो, राम्रो मान्ने चलन छ :)

    ReplyDelete

Your feedback ?