लाँकुरी रुट्स: समाज किन पतन हुन्छन् ?

समाज किन पतन हुन्छन् ?

Tuesday, August 17, 2010

कट्टर जातिय र धार्मिक मान्यतालाई प्राथमिकता दिने क्रममा आतकंवादलाई पोसेको आरोप लगाउँदै विश्वपरिवेशमा भिलेन बनाएर खडा गरिएको पाकिस्तानमा गत महिना बाढिले ठुलो क्षती पुरायो। >>> लिङक <<< त्यस बाहेक आफ्नै धर्मका दुई खेमा र आन्तरिक कलहको चपेटामा परेको पाकिस्तानी समाजका लागी यो प्राकृतिक विपतले अझ खस्काएको भान हुँदैछ । करोडौँ लाई विस्थापित गरेकोले त्यहाँको सामाजिक जीवनलाई अझ कष्टकर बनाएको होला। गैर पाकिस्तानी र मुस्लिम समुदायले समेत सामाजिक घुलमेलमा सँधै आफुँलाई अलग्गाएर राख्ने गरेको मैले पाएको छु, ईङ्गल्यान्ड, युरोपमा अवैधानिक कामले गर्दा प्राय जसो समाचारका विषय बनेका हुन्छन् । युरोपमा त अहिले को चर्को विवाद नै दुबो झैँ मौलाएको यो समुहलाई कसरी नियन्त्रण गर्ने भन्ने छ। नेदरल्यान्डको राजनितीको मुख्य बहसनै त्यही हो।

दुई धर्मको भिडन्तले ग्रसित अनि पाकिस्तान सँग युगान्तकारी सिमा विवादमा फसेको भारतले पनि अस्ति अगस्ट १५ मा १९४७ देखिको ६४औँ 'स्वतन्त्र दिवस' मनायो। त्यसको अघिल्लो दिन अगस्ट १४मा पाकिस्तानको स्वतन्त्रता दिवस थियो। आज अगस्ट १७ का दिन ईन्डोनेशियाले आफ्नो उन्मुक्तिको दिवस मनाउँदैछ र भोली अफगानिस्तानको स्वतन्त्रता दिवस हो। ईराकमा अमेरिकी राष्ट्रपति 'जर्ज बुस'लाई जुत्ताले प्रहार गरे जस्तै, भारतको काश्मिरमा पनि त्यहाँका प्रमुख मन्त्रीलाई 'स्वतन्त्र दिवसको' एक कार्यक्रममा मुस्लिम पुर्व-प्रहरी हवल्दारले जुत्ता प्रहार गरे। यता नेपालमा Greater Nepal का संयोजक 'फनिन्द्र नेपाल' लाई दिनभर उनैको कार्यालयमा कैद गर्यो नेपाल प्रहरीले । >>> लिङ्क <<< भारतले नेपाल सँग पनि सिमा हडपेको र सो फिर्ता गर्नु पर्ने माग राख्दै UNNF भन्ने संस्थाले विशेष अवसर पारेर प्रदर्शनीहरु गर्ने गर्दछ । भारतको नेपाली भुमी भन्दा पनि मुटुमै चोट पुग्ने गरी सिँहदरबारमा हस्तक्षेप गरेको त हामी सबैले आँखा चिम्ले पनि देख्ने गर्दछौँ। आन्तरिक धार्मिक कलहको रोग माथि थपिन लागेको कम्युनिज्म र माओ-वादको रोगको कारक उ नेपाल लाई देख्दछ। हाम्रो प्राकृतिक स्रोतको लोभ त हुने नै भयो। सिमा जोडिएका राष्ट्रहरुमा मेलमिलाप र साझेदारी कमै हुन्छ र त्यो दिनानुदिन चिसिँदै जान्छ । फ्रान्स र नेदरल्यान्डको बिचमा पर्ने बेल्जियममा फ्रेन्च भाषा बोल्ने र डच भाषा बोल्नेहरुको गुटले गर्दा त्यहाँको सामाजिक जिवन पनि असन्तुलित छ। यस्ता सिमा-विवादका उदारहणहरु थुप्रै देख्न र सुन्न पाईन्छ।

तर पनि समाज सन्तुलनमा रहन र दिर्घकालिन रुपमा जिवित राख्न त्यो समुदायका मानिसले पहिल्याउने अनुशाषन र दुरगामी सोच नै मुल तत्व हुन्। यसरी समाजका विघटन कसरी हुन्छ र "समाज कसरी पतन हुन्छ?" भन्ने विषयमा "पुलित्जर पुरस्कार" विजेता लेखक Jared Diamond ले TED.com को एउटा वहस कार्यक्रममा भनेका छन् "युगान्डा, रुवान्डा, युगोस्लाभिया जस्ता समाज पतन भएर गइसके, र " नेपाल" "ईन्डोनिशिया"  "कोलम्बिया"  जस्ता देशहरु पतन हुने संघारमा छन्" भनेर नेपालको उदारहरण प्रस्तुत गरे । उनको यो भनाई सन् २००५ मा प्रकासित पुस्तक Collapse को आधारीत थियो। ईतिहासमा समाज विघटन हुनुका पछाडि उनले ८ मुख्य कारक तत्व भएको बताएका छन् :
१) वन जंगल फँडानी
२) माटो को समस्या
३) जलस्रोत व्यवस्थापन समस्या
४) वनजन्तुको अत्यधिक शिकार
५) अत्यधिक माछा मार्नु
६) वाह्य, आगन्तुक प्रजाति को रैथाने प्रजाति माथिको असर
७) अत्यधिक जनसङ्ख्या ।
८) मानिसको प्रति व्यक्ति आयदर को असर
वर्तमान परिवेशमा थप चार स्रोतहरुले समाजलाई खोक्रो बनाउने उनको परिवेक्षण छ :
१) मानिसका कारणले गर्दा आउने अत्यधिक मौसम परिवर्तन ( global warming)
२) वातावरणमा देखिने विषालु पदार्थ हरु
३) उर्जाको हाहाकारी
४) पृथ्वीको प्रकाशीय उर्जालाई रसायनमा परिवर्तन गर्ने कार्य (photosynthesis)को सत प्रतिशत प्रयोग हुनु ।
भिडियो हेरौँ : 



उनका यी कारणहरु सिधै लगेर हाम्रो वर्तमान परिस्थिति सँग दाँज्यौँ भने सरसरती हेर्दा झुटो जस्तो लाग्दछ। हाम्रो समाज पक्कै पनि सहज मोडमा उभिएको छैन। >>> लिङ्क <<< हामी पनि प्राकृतिक दुर्घटनाको भयमा बाँचेका छौँ ।  अब आउने प्रलयकारी भूकम्प को केन्द्रविन्दु नेपाल हो भनेर अनुसन्धानकर्ता र प्रकोप विशेषज्ञहरू तर्क गर्दछन् ।  त्यसमाथी राजनैतिक खिचलो को छेल पारेर हाम्रो समाजमा बढ्दै गएका विकृति हरु नै हाम्रो लागी दिर्घकालिन रुपमा घातक सावित हुनेछन् । २१ औँ शताब्दिमा मानवका मुल्य मान्यता र मानव अधिकारका कुरा उठेका छन्। मान्छेले जे चाहन्छ त्यहि नै गर्न, भन्न, सुन्न, हेर्न र धर्म ग्रहण गर्न पाउँछ। हिजोलाई धिक्कार्नु  मात्र  अग्रगामी परिवर्तनको कदम होईन। के साँच्चै हामी हिजो भन्दा विकसित समाज भएर बाँचेका छौँ त ?  >>> गजल<<< स्वतन्त्रतालाई हतियार बनाएर परिवर्तनको अगुवा बन्नु सँगसँगै चेतना सिक्नु पनि आवश्यक छ। चेतना र अनुशासन बिनाको स्वतन्त्रता नै हामीहरुको अराष्ट्रियता र स्वयंको पतनको कारक बन्दैछ । कवि भूपि शेरचन ले त्यसै भनेका होईनन् :
हामी वीर छौँ ,
तर बुद्धू छौँ,
हामी बुद्धू छौँ,
र त हामी वीर छौँ,
हामी बुद्धू नभईकन वीर कहिल्यै हुन सकेनौँ।

नयाँ नेपाल को नाममा आएका परिवर्तनका डाम हरु हाम्रो लागि घातक सावित भएका छन् र जारेद डायमन्डको त्यो भनाई सार्थक सावित हुँदैछ । "दुर्जेय चेतना" कै शब्दमा "त्यसैले राम्रो सगँ सोचौं, हाम्रो समाज र देशमा लादिदैं गएको राजनैतिक, सामाजिक र आर्थिक भ्रान्तिवाद हाम्रा लागि पटबाँझो जमिन भन्दा केही हुने छैन ....सबैलाई चेतना भया..

1 comment:

  1. Jared Diamond ले प्रस्तुत गरेका तर्कलाइ नाजायज मान्न सकिँदैन ! ति सबै कुराहरु हामीले देख्दै र भोग्दै आइरहेका छौँ ! अब को समय भनेको, आफ्नो ठाउँ बाट आफूले सकेको गर्नुपर्छ ।

    ReplyDelete

Your feedback ?