केहि दिन अघी मैले अग्रज ब्लगर दाजु दिलीप आचार्यको शास्त्रभित्रका विज्ञान र शास्त्रको वैज्ञानिक अध्ययन ! शिर्षकको लेख पढेको थिएँ । त्यसै लेखका तर्कनाहरूलाई गजल को स्वरूप दिन खोजेको हुँ । बाँकी पाठकको बुझाईमा ।
सुन चाँदी सँग जोख, तराजुमा कपास हुँ म,
सबै ठाउँ पुग्न सक्ने, निराकार बतास हुँ म ।
छाम्दा फास्स फुस्स होला, देख्दा खल्लो लाग्न सक्छ,
नजरअन्दाज हुँला तर, अन्तर्मन को आभास हुँ म ।
अतिरञ्जित आश्वासन र पुकारले छुन्न जब,
फर्किएर हेर्छौ जता, हो त्यही हुँ आकाश हुँ म ।
छुन मिल्ने टाल्न हुने, अङ्ग सबै टालि सक्यौ,
सबै सद्दे हुँदा हुँदै , उडि जाने सास हुँ म।
कत्रो रहर अहो सबलाई, देउता बन्ने - एउटा बन्ने,
भन्छ तिम्रो विज्ञान अझै, साँच्चै बकवास हुँ म।

राम्रो गजल ...
ReplyDelete