निराश तुवाँलो छोडेर,
मलाई नै घुर्कि लगाएजस्तो,
खुशी हो कि रोदन ?

घरी चुक पोखे झैँ,
अन्धकार होस् जस्तो लाग्छ,
घरी दुधले नुहाएझैँ,
उज्यालो छाओस् जस्तो लाग्छ ।
त्यो सूर्यले धर्ती छोडेपछिका पल,
यसैगरी दोधारमा बित्छन्,
जसरी बितेथ्यो प्रथम साँझ्,
घरी पछ्याउँझैँ लागेको,
फेरी पर्खिउँझैँ लागेको,
त्यही दोमनको साँझ,
मेरो आँगनमा तिमी रोएर गएको साँझ् ।
आघातीत तिम्रा पाईलासँगै,
ओझेलिएका ति सुनौला किरण,
पोखिने छैनन् फेरी
मेरो आँगनमा,
शितोष्ण यो मनमा,
म अझै मेरो धर्म र जात,
खोकिलोमा च्यापेर बसेको छु,
सम्झँदै त्यही अभिशाप बनेको साँझ्,
मेरो आँगनमा तिमी रोएर गएको साँझ् ।
यार धेरै रामरो छ .... be careful dherai ramro oadne bani vaye pachi garo huncha aru ramro ko khoji garincha ....maintain your writing ...its awasome .....talai Er. haina kabi banunu parne ho ....hehe ...
ReplyDelete