लाँकुरी रुट्स: बस गफ

बस गफ

Friday, March 12, 2010

आजकल कम्पनीमा काम गर्न लागे पछि अनेक किसिमका मान्छेहरू भेट हुन्छन् । विश्वभर ख्याती कमाएको Philips को जन्मस्थलमा जहाँ १ वर्ष अघी सम्म मुख्य कार्यालय हुने गर्दथ्यो ( अहिले Amsterdam मा सरेको छ) यहाँ विश्वभरबाट नै काम गर्ने मान्छे हरू हुन्छन् । सबै सँग कुरा गर्दा रमाईलो लाग्छ - आफ्नो देशको बारेमा के सोच्दा रहेछन् भन्ने थाहा हुन्छ र उनीहरूको ठाउँमा जिवन कस्तो छ भन्ने थाहा पाउँदा बसमा, क्यान्टिनमा र स-साना पार्टी कहिल्यै नसिद्दिउन जस्तो लाग्छ। त्यसो हुँदा आँफै अघी सरेर कुरा को सुरुवात गर्ने गर्दछु प्राय । 'I am from Nepal' भन्दा प्राय जसो मान्छे हरूले 'वा! क्या सुन्दर देश, म एक दिन जाने विचार गर्दैछु' भन्ने गर्दछन् केहीले गएर आएको कुरा सुनाउँछन् । म सँगै Dutch भाषा सिक्ने एक जना Scotland को साथीले १ महिना बसेर आएको र Annapurna Base Camp तिर को यात्रा ज्यादै रमाईलो लागेको बताउँछ । कलेजमा एउटा ईराकी केटाले Amsterdam बस्दा नेपाली साथी बनाएको भन्छ, मलाई देख्यो कि परैबाट 'नमस्ते' भन्छ ।

अस्ति बसमा फर्कने क्रममा यस्तै भयो, कुरा गर्दै जाँदा नेपालका हिमाल - पाखा को कुरा भयो। स्वत: उस्ले पनि धेरै राम्रो ठाँउ भएको र एकपटक घुम्न जाने चाहना भएको कुरा बताई । अनि भाषा का कुरा भए, उस्ले नेपालको भाषा 'तिबेतन' हो जस्तो लागेको बताई। उ चाहीँ यहीँकै युनिभर्सिटी बाट Masters पास गरेर हालसालै Philips मा Organic LED ( OLED) को बारेमा अनुसन्धान गर्दै रहिछे । ताईवान कि त्यो केटीले अचानकै तेरो गाउँ समुन्द्र सतह बाट कती माथी छ भनेर सोधी । मैले 'मेरो गाउँ?' भनेर फेरी सोधेँ, उस्ले 'Yes, your birthplace' भनी।  म अक्क न बक्क परेँ । ८ हजार ८ सय ४८ सम्झेँ । अनि मेरो गाउँबाट नजिक पर्ने धौलागिरी विश्वमा सातौँ अग्लो भएको र ८ हजार २ सय चानचुन भएको सम्झेँ । सात दिन लगाएर बेनी हुँदै मुस्ताङ सम्मको पदयात्रा सम्झेँ। हैन त्यहाँ भन्दा त धेरै तल छ जस्तो लाग्यो। मैले यती सोच्ने बेला सम्म उ मेरो मुखमा टुलुटुलु हेर्दे रहिछे । मलाई फसाद पर्यो। पोखरा, फेवाताल सम्झेँ । सेती भासिएको सम्झेँ । फेरी त्यहाँ भन्दा त माथी छ जस्तो लाग्यो । पृथ्वी राजमार्गमा काली गन्डकीको तिरमा सहस्रधारा मा झरेर लगभग २ घन्टाको ठाडो उकालो सम्झेँ । फेरी माथी छ झैँ लाग्यो - मेरो गाँउ पाङ्, पर्वत । उ अब मुसुमुसु हाँस्न थालि सकेकी रैछे । मेरो ईन्जिनियरीङ् दिमाग ले अनुमान लगाउन खोज्दै थियो र एउटा सङ्ख्या खोज्दै थियो । ईन्जिनियरीङ् पढ्दा Vernier Calliper ले टाउको दुखाएको पनि सोच्न भ्याई सकेँ । Barometer, Altimeter, Scale,  GPS सबै आँखा अगाडी नाच्न थाले ।  ४ घन्टाको कथावस्तु २ घन्टामा सक्न खोजेको director ले रिल घुमाएजस्तो जस्तै मेरो दिमागमा सब कुराहरू Fast Forward भईराकेको थियो । फेरी नेदरल्यान्डमा गुड्दै गरेको यो बस समुन्द्री सतह भन्दा तल भएको पनि सम्झेँ तर अहँ सङ्ख्या भने दिमाग को कुनै अन्तरमा फेला परेन। नेपाली केटी भा'को भए त 'तितो सत्य' को कम्पुतल ई्न्दिनेल - लादालाम ले झैँ -'त्यो त मैले तोतेकै थिन त' भन्नु हुन्थ्यो तर त्यसो पनि हुन पाएन। केही त भन्नै पर्यो भनेर असमन्जसको त्यो परिस्थितीलाई पार लगाउन मैले हाँस्दै ' त्यस्तै २ हजार मिटर जति होला' भनेँ अनि ' कस्तो अचम्म मैले अहिले सम्म त्यो कुराको ख्याल नै गरेको थिईन' पनि थपेर 'लादालाम' लाई मनमनै धन्यवाद भनेँ । :D उ फिस्स हाँसी र ' आहा रमाईलो होला है! ' भनी, मैले सहमती जनाएँ ।यतिकैमा मेरो झर्ने बेला आयो र म निस्किएँ अर्को दिन भेटौँला भन्दै ।

कोठामा आएर हत्त न पत्त ल्यापटपमा Google Earth Install गरेँ । नक्सा घुमाउँदै गाँउ माथी कर्सर लग्दा तल कुनामा Elev:1026m देखाउँदै थियो । यसो वरीपरी घुमाएँ बढी हाल्छ कि भनेर अहँ बढेन :P । धौलागीरी को टुप्पो तिर कर्सर घुमाएँ, ८,१६७ बन्दा माथी गएन । अहिले सम्मकै अविष्मरणिय बस यात्रा भयो मेरो त्यो । हिजो र आज बसमा फर्कने क्रममा 'चाईचेन' लाई सम्झेर मुसुमुस हाँस्दै थिएँ ।अब भेटेँ भने यो कुरा सच्याउनु पर्ने छ । :)

2 comments:

  1. छोटो यात्रामा बनेको यो 'लामो' कथा एकदमै रमाईलो लाग्यो । आफ्नै देशको बारेमा कसैले केही सोध्दा मैले पनि धेरै पटक गुगलको सहारा लिएको छु :)

    ReplyDelete
  2. dai timro gaf ta gafadi le gaf diye jastai ramailo chha... k garne timro jasto des ko maya sabai le gardiye..... sabile vannne jasto slumdog ko kura utaunai pardaina thyo hola hagi ....hamro des ramro des

    ReplyDelete

Your feedback ?