लाँकुरी रुट्स: अचारसंहिता (व्यङ्ग्य)

अचारसंहिता (व्यङ्ग्य)

Friday, May 4, 2012

गत साता काठमाण्डौमा 'विश्व अचार दिवस' को अवसर छोपेर नेपाली अचार उत्पादकहरूले पनि एक कार्यक्रमको आयोजना गरी भव्यताका साथ सो दिवस मनाए। विश्वभरी छरिएर रहेका अचारका पारखिहरूले वर्षभरी आ-आफ्नै ढंगले स्वेच्छिक रुपमा अचार उत्पादन गर्ने गरेको भएतापनि यसरी वार्षिक रूपमा भेला भएर राष्ट्रिय रूपमा समेत आफ्नो दिवस मनाउन पाउनुले अचारको व्यापकता अझ प्रचलित बन्ने आयोजकले बताए। 

मानिसलाई आहारको बानी बसेदेखी दैनिक, साप्ताहिक, पाक्षीक, मासिक, द्वैमासिक, त्रैमासीक खुराकको रुपमा मुलधार तरकारी उत्पादकहरूले आफ्नो विज्ञताको  दुरुपयोग गर्दै बेस्वादे, बेमौसमी तरकारी लाद्ने गरेको अवस्थामा सर्वसाधारणले पनि आजकल अचारको स्वाद पत्ता लगाएर यसतर्फ आकर्षित भएको एक सहभागीको अनुमान थियो। "यि मुलधारे तरकारी उत्पादकले पैसा पाए भने जस्ता सुकै बारीका जस्तासुकै झारपातलाई पनि मसला बनाएर घिचाउँछन्", छेवैमा बसेर कुरा सुन्दै गरेका अलि अग्रगामी जस्ता देखिने अचार उत्पादकले रिस पोखे । 


Flickr/Kake Pugh
गाउँगाउँमा अचारको लागी चाहिने मरमसला को पहुँच नभएको हुनाले यस्ता खालका अचार विशेषत ठुला शहर र राजधानीका यवावर्गको हालीमुहालि छ। 

"एउटै किसिमको अचारलाई पनि विभिन्न ढङ्गले तयार गर्न र स्वाद लिन सकिने र एकले अर्काको अचार चाखेर नुन, मसला घटबढ भएको प्रतिक्रिया दिन सक्नु, सबैले सबैबाट सिक्न सक्ने यो खुला मञ्च जस्तै हो" एक अचारकर्मीले बताए। "अझ अहिले त सामाजिक सञ्जालमा समेत आफ्नो अचारको बारेमा जानकारी बाँड्न मिल्ने हुनाले त्यस्ता सञ्जालले यसलाई अझ व्यापक बनाउँदै लगेको छ। अब बोल्नेको अचार बिक्छ" मुसुक्क मुस्काउँदै उनले भने। 

त्यस्तै अर्का एक अचारकर्मिले यो शौख पुरा गर्न र आफ्ना रेसिपि को अभिलेख राख्नका लागी मात्र नभै यसलाई सुव्यस्थित रूपले प्रयोग गर्ने हो भने यसबाट जिविकोपार्जन गर्न मिल्ने गरी आम्दानी पनि  हुन सक्ने जानकारी दिए। 

अचार उत्पादन प्राय: व्यक्तिगत श्रम हुने भएतापनि नेपालमा एउटा सामुहिक अचार उत्पादन गर्ने आफुँ मात्र रहेको एक सदस्यको दाबी थियो। "यो कार्यक्रम पनि हामीले सोहि हेतुले आयोजना गरेका हौँ, हामी नयाँ अचारकर्मीलाई उत्साह हौसला दिन्छौँ भने पुराना, उत्तम तर ओझेल परेका अचार सामग्रीलाई प्रकाशमा ल्याउँछौ। यसकै लागी भनेर हामिले प्रत्येक साता 'साताको अचारकर्मी' शिर्षकमा अन्तर्वार्ताको स्तम्भ समेत राख्ने गरेका छौँ", उनले भने। 
"तपाईँले पनि हुँदै नभएका अचारकर्मीलाई अचारकर्मी भनेर प्रचार गर्नु भयो भन्ने आरोप छ नि?" भनेर सोद्दा उनकै सहकर्मिले जवाफ दिए,"चटनी र अचार एक अर्काका परिपुरक हुन्, विरोधको लागी विरोध गर्नु ठिक होईन। भन्ने हो भने चटनी अचारकै निखारिएको रुप हो। थोरै हुन्छ चोपिलो हुन्छ।"
कार्यक्रमको केहि अंशको प्रत्यक्ष प्रसारण पनि गरिएको थियो र नेपाली अचारमा रूचि राख्ने देश विदेशका स्वादे जिब्राले समेत एक्यबद्दता जनाएका थिए । 

कार्यक्रमको उत्तरार्द तिर देशमा संविधानको नाममा अनेकौँ अस्तव्यस्तता छाएको भएतापनि अचारकर्मीले त्यसो नगर्न र यसलाई तरकारी जस्तो दुरुपयोग हुन बाट जोगाउनका लागी भनेर आँफुहरूले "अचारसंहिता" को प्रस्तावना ल्याएको भनेर आयोजकका तर्फबाट सचिवले घोषणा गरे। अचारसंहिताका केहि मूख्य बुँदाहरू यसप्रकार थिए। 

१) मैले अर्काको अचार चोरेर आफ्नो भनि प्रचार गर्ने छैन।
२) अरुले उत्पादन गरेको अचारबाट कुनै पनि रूपले प्रेरित भई कुनै मसला प्रयोग गरेमा सो मसलाको श्रोत स्पष्ट खुलाउने छु। 
३) अचार चाखक का आँखा रातो हुने कुनै पनि किसिमको मरमसला प्रयोग गर्ने छैन।
४) अचार चाखके दिएको प्रतिक्रियालाई हुबहु राख्ने छु र यदि प्रतिक्रिया सम्पादन गर्नु परेमा सो उल्लेख गर्नेछु। 
५) एकपटक उत्पादन गरेर चाखिईसकेको अचारको रेसिपि परिवर्तन भएमा परिमार्जित रेसिपिका बारे जानकारी गराउने छु। त्यसो गर्दा पुरानो स्वादमा गरेको प्रतिक्रिया सान्दर्भिक हुँदैन।
६) आफ्नो अचारले कसैको जिब्रो डढेमा, उँधैउँभै भएमा क्षतिपुर्ति व्यहोर्ने छु। 
७) कसैलाई हात खुट्टा बाँधेर, उनिहरूको झ्याल झ्यालमा गई, बाटोघाटो छेकि आफ्नो अचार जबरजस्ति घिचाउने छैन। 
८) अचारचाखकले स्वविवेकले खुद्रुके मा पैसा आउने चाबी घुमाउन सक्छन् तर अचार को नाममा पैसा आउने चाबी घुमाउन लगाउने छैन।
९) अन्य अचारकर्मी प्रति सद्भाव राख्नेछु र हितैषि भावनाले उसका गुणप्रदक रेसिपिको चर्चा गर्नेछु। 

वास्तवमा अचारसंहितामा उल्लेख भएका बुँदाहरू 'सुर्य बिहानपख पूर्वबाट उदाउने छ' भने जस्तै हो। गलत मनसायले नमिठो अचार उत्पादन गर्नेहरू त्यसै बिलाएर जान्छन् । जय अचार!


7 comments:

  1. लोल । जय अचार ।

    ReplyDelete
  2. तपाईंले बनाउनु भएको अचारमा नुन, अमिलो र पिरो सबै मिलेकोले यो साँच्चै मीठो अचार बनेको छ भन्ने हाम्लाई लाइरा'छ... जय अचार, अचार उत्पादक तथा अचार वितरक :)

    ReplyDelete
  3. अचार लाई चट्नी भन्दीनु भो । अचार त अचार नै हो नि । अचार उत्पादक भए भन्दैमा अचारलाई चट्नी भनेर अचार उत्पादकलाई छट्नी गर्दीने ? बजारमा टिक्नको लागी उत्पादकहरु अर्काको स्वादको अचार (उत्पादन) मेरो भन्छन भने त्यो कुहिन्छ तर बिक्दैन र उत्पादन नै बन्द हुन्छ । आफै हुने कुरालाई किन टाउको दुखाउने ?? । सबै चिसो भनेको कोकाकोला हैनन :p भट्नीलाई चट्नी भनेर अचारको बिचारलाई ब्यभिचार गर्दीने त अचार मालिक ज्यु ?? :p

    ReplyDelete
  4. प्रथम त यसरी Anonymous राखेर प्रतिक्रिया दिन पनि मनाही छ ;) उता साँचैका Anonymous त पब्लिक भैसके। रह्यो चटनी र अचारको कुरा । तपाईँको थालीमा खानालाई राज्य विभाजन गर्दा भात एउटा राज्यमा, तरकारी एउटा राज्यमा, दाल एउटा राज्यमा तर चटनी र अचार आसपासे साम्राज्यमा पर्छन् । ठियाऽऽऽक्कै तेहि हैनन् तर समान गुण धेरै भेटिन्छन् मात्र भनेको हो !

    ReplyDelete
  5. मेरो बिचारमा ब्यभिचार गर्नु होला भनेर फेरी तपाईको अचार कम्पनी आए । अरु कारण केही छैन ।अनि Anonymous को रुपमा तपाईको भान्सामा बसेर अचार खान नपाउने हो भने Anonymous भन्नेलाई डिजेबल गरे भो नि हैन र पनि के भन्नु तपाई हैन भन्नु हुन्छ तर कुरो त्यही हो । ब्यक्तीको भावना प्रति सदाचार राखौ भनेर पनि के भन्नु तपाँई ठुलो भै खाको प्वाक्क बोल्नु होला । तर कुरो त्यसो हैन । :p

    ReplyDelete
    Replies
    1. सानै भएर खाँदैछु, तपाईँको विचार प्रति पनि मैले सद् अचार नै राखेको छु, चिन्ता नलिनुस् । आउँदै गर्नुहोला है ;)

      Delete
  6. Swadilo achar chha je hos. nice writeup !

    ReplyDelete

Your feedback ?