लाँकुरी रुट्स: गजल -३८- संविधानमा लगानी

गजल -३८- संविधानमा लगानी

Monday, April 2, 2012

सागमा बेसार बालुवामा पानी,
त्यस्तै भो साथी संविधानमा लगानी ।

खेताला जोडिए, चार दिशा घेरेर,
जरा काट्ने कोहि, कोहि धुरी चढ्न जानी। (*)

ब्याडे धानमै गर्दैछन, खेताला रजाईँ,
मुसुमुसु हाँस्दै बसेको छ ज्ञानी ।

उसैको आरिसले गर्जदैँछन् कोहि,
छिमेकीले पनि थोरै गरेको छ लगानी।

सिला बटुल्दै डुल्दैछन् खेताला कोहि,
अर्को छिमेकी चुपचाप कुर्दैछ खानी।

भान्सेलाई चोक्टा खेतालालाई पानी,
भोका नाङ्गालाई तातो खरानी।
त्यस्तै भो साथी संविधानमा लगानी ।

जानी  = जानु (क्रि.) को बोलिचाली रूप

2 comments:

  1. गजल भन्न अलिक नमिल्ला कि। पुरै बगेको छैन तर पनि उत्कृष्ट सन्देश दिनुभएको छ

    ReplyDelete

Your feedback ?