लाँकुरी रुट्स: गजल -३६- कहाली लागेको छ

गजल -३६- कहाली लागेको छ

Tuesday, July 12, 2011

एउटा फूलको देशमा, पाली लागेको छ,
शीत नछोई झर्ला भन्ने, कहाली लागेको छ।

डील डील छ अमृत टप्प, खस्दैन एक थोपा,
पहरामा फुलेको छ माथी, आली लागेको छ।

गर्जिन्छ मात्र आकाश, छेड्दैन कालो बादल,
सबै कर्णहरूको अञ्जुली, खाली लागेको छ।

अब छैन आशको त्यान्द्रो, सुकाइदे, फुकाइदे,
भन्दा नटेर्ने जरा जरा नै, जाली लागेको छ।

3 comments:

  1. k ho dost sahi cha sahi cha 

    ReplyDelete
  2. Chaitanya AdhikariJuly 25, 2011 at 8:22 AM

    मिठो गयो यसपाली पनि !

    ReplyDelete

Your feedback ?