लाँकुरी रुट्स

मुक्तक - हानी गर्दैन

Thursday, March 1, 2012

छातामा प्वाल नपरुन्जेल पानी पर्दैन,
छातीमा भ्वाङ् नपरुन्जेल बानी पर्दैन,
जे जे हुनु त भै सक्यो,
अब एक सर्कोले त रत्ति नि हानी गर्दैन।


smoking, lungs, habits, ciggerates, सिगरेट, फोक्सो, चुरोट, अम्मल, धुवाँ

गजल -३७- धन्दा गजब हजुरको

Saturday, February 25, 2012

महल रुवाएर गल्लि हसाँउने, फन्दा गजब हजुरको,
आफ्नैले घेरेर फसाउने, धन्दा गजब हजुरको ।

जो जो थिए मतियार तपाईँका हतियार तपाईँका,
पर पर सर्छन आज नाम, भन्दा गजब हजुरको ।

फसल के जात रोप्नु भा'थ्यो, ती समथल फाँटमा,
जरै देखि नाङ्गिनु भो थोरै, खन्दा गजब हजुरको ।

अझै सल्बलाउँछन् परजिवि ढलेको वृक्षमा,
होला आँपझैँ अमिष्ट स्वादको, चन्दा गजब हजुरको ।

क्रान्तिको हिसाब माग्दै मधेश एक साथ गर्जियो,
झुपडिको खरै कम भो दौलत, गन्दा गजब हजुरको।



(तस्विर साभार : भोजराज दाहाल - नेपाल डायरी ब्लग)


मुटुले यस्तरी हान्छ !

Tuesday, July 26, 2011

मुटुले यस्तरी हान्छ छातीको पहरो,
मानौँ,
कालिगण्डकीको तिरमा,
शालिग्राम खोज्नेले,
ढुङ्गा फोर्दा,
बनौँ का लालिगुराँस हल्लिन थाल्छन्,
र,
फुट्छ यौटा अर्को चेतनाको सहस्रधारा,
म त्यस्तै अनुभवले हुर्केको छु।
तिमी पनि,
नदिको सुस्केरा झैँ
केहि भन्नु सुशेलिमा,
र,
मुटुले त्यस्तरी हानोस् छातीको पहरो !
soch, tsunami, pahiro, kuhiro, suiro, gazal, ghazal, rang, baato

गजल -३६- कहाली लागेको छ

Tuesday, July 12, 2011

एउटा फूलको देशमा, पाली लागेको छ,
शीत नछोई झर्ला भन्ने, कहाली लागेको छ।

डील डील छ अमृत टप्प, खस्दैन एक थोपा,
पहरामा फुलेको छ माथी, आली लागेको छ।

गर्जिन्छ मात्र आकाश, छेड्दैन कालो बादल,
सबै कर्णहरूको अञ्जुली, खाली लागेको छ।

अब छैन आशको त्यान्द्रो, सुकाइदे, फुकाइदे,
भन्दा नटेर्ने जरा जरा नै, जाली लागेको छ।

गजल -३५- आँसिको छाप छ

Thursday, June 30, 2011

हातमा बिउ छातीमा आँसीको छाप छ,
मनमा लालच मुखमा सेवाकै आलाप छ।

झ्याल खोलेर भन्छ गुण्डागर्दि मुर्दावाद,
अचानो सुम्सुम्याउनेको कम्मरमा दाप छ।

"हो संविधान जनताकै हो, तर छोड् न ए!,
मेरै पालोमा लेख्छु", क्या हान्थाप छ।

हलिलाई मंसिरे धानको के ताकेता,
हिलो जति भो त्यति नै फलिफाप छ।

एकै हलका तिन गोरू, तिन तिर तान्छन्,
सबै भन्छन् बाँकि दुईको पो मनमा पाप छ।