लाँकुरी रुट्स: नेपाली ब्लग सेरोफेरो

नेपाली ब्लग सेरोफेरो

Wednesday, October 27, 2010

आज भोली भन्दा भन्दै आँफैले ब्लग लेख्न थालेको पनि १ वर्ष लागी सकेछ। नेपालमा छँदा इन्टरनेट को पहुँच ज्यादै कम थियो। यता आउँदा सम्म कहिले NTC, कहिले worldlink त कहिले mercantile को ५६ KBPS को PSTN इन्टरनेट सेवा, त्यै पनि मित्र 'सुमिर' सँग एकाउन्ट मागी मागी चलाइन्थ्यो । महिनाको हजार तिरेर पाइने ADSL सेवा भर्खर मात्र सुरु भएको थियो। त्यो बाहेक एडभान्स्ड कलेजमा C++ को Practical मा Taskbar लुकाएर इन्टरनेट चलाउनु पनि रमाइलै हुन्थ्यो ।त्यो अभावमा लाग्थ्यो इन्टरनेट राम्रो सँग चलाउन पाए त म सँधै उपयोगी काम गर्थेँ, Photosop, Flash देखि C++ का सबै Tutorial पढेर जान्ने हुन्थेँ, Electronics का दामी दामी प्रोजेक्टका बारेमा जानकारी लिन्थेँ, आफ्नै वेबसाइट बनाउँथे .. आदी आदी। एक पटक त ‌+2 का Science Faculty का सबै विगतका जाँचका solution (Neema Guide) राखेर वेबसाइट बनाउने भन्ने जोश समेत चलेको थियो। 'पासा' र 'सुमिर' सँग मिलेर त्यो बेला Biology, Chemistry, Physics गरेर कार्यविभाजन समेत गरी केहि Material टाइप गरियो, कति इन्टरनेट बाट Save गरियो। वेबसाइट खोले पछि बसि बसि पैसा आउँछ रे भन्ने हल्ला उही बेला मा व्यापक थियो, कुरा ६० सालको हो - जम्मा ७ वर्ष भएको रहेछ । २००४ मा फेसबुक खोलेर Mark Zuckerberg अहिले खरबपति भैसकेछ, हेर कर्म ! खप्परैमा लेखेर ल्याउन पर्ने रैछ !

मैले तुलना गर्न खोजेको पनि होइन मात्र एउटा ठट्यौली प्रसङ्गको लागी  कुरा उठाए। एउटा भनाइ छ "समय परिवर्तनशील छ"। तर समय भन्दा बढि परिवर्तनशील मानिसको सोच्ने शैली छ, विचार छ। समयलाई परिवर्तन गराउने साँचो नै त्यही विचार हो। र विचार सँधै जीवन्त रहन्छ, सुतेको बेला मा समेत मानिस कुनै न कुनै विचारहरूमा अल्झिरहेको हुन्छ। हाम्रा सपना तिनै विचारका उपज हुन् । भूत, भविष्य कसरी निर्क्यौल गर्छन् त्यो व्यक्तिगत सोचाइको निशाना मा भर पर्ने कुरा हो। ठूला ठूला लेख, रचना, आविष्कार यिनै विचारका प्रतिफल हुन्। हरेक मानिसले आ-आफ्नो परिवेशमा बसेर कुनै न कुनै विचारलाई पोषण दिइरहेको हुन्छ। कति व्यक्त हुन्छन्, सङ्ग्रहीत हुन्छन्, चर्चा का विषय बन्छन् त कति अन्तर्मन मा त्यसै त्यसै बिलाएर जान्छन् । कति व्यक्त गर्ने माध्यम नपाएर, कति व्यक्त गर्ने शैली नजानेर त कति सबै हुँदा हुँदै आफ्नै अन्तर्मुखी स्वभाव  र लोक लाजको भयको सिकार भएर हावामा बिलाए होलान् । तर पनि मानिसमा स्वभावैले आफुँमा रहेको ज्ञान, विचार र खुबी कुनै न कुनै रुपमा व्यक्त गर्ने प्रचलन बढ्दो छ। त्यसैले त बनेका छन् नयाँ नयाँ आविष्कार हरू, भवन देखि गाडी का आकार, सङ्गीतका धुन, कथा, कविताका रुप -गजल, गीत, मुक्तक, गेडी, ब-गेडी, हाइकु, कम्प्युटरका आकार, नयाँ नयाँ मोबाइल सेट। सन् १९९९ मा Blogger सेवा सुरु गरेका Evan Williams कै परिवर्तनशील विचारको प्रतिफल हो Twitter सेवा जसले SMS (Short Message  Service) लाइ Micro-Blogging को रुपमा कम्प्युटरमा ल्यायो ।
आज विश्व भरबाट असङ्ख्य मानिसले Blog बनाएर जीवनका भोगाइ, विचार र घटना हरुलाई व्यक्तिगत रुपमा होस् वा सामुहिक, सामाजिक रुपले अगाडी ल्याएका छन् । Blog कै कारण कति सामाजिक  क्रान्तिहरूले नयाँ मुक्ति, परिणाम  पाएका छन्। सायद त्यसैले त होला China, Iran, Pakistan, Turkey, Cuba, Fiji, Syria जस्ता राष्ट्रहरुमा Blog सेवामा प्रतिबन्ध लगाइएको छ। हाम्रो नेपाल हाल सम्म त्यो स्थिति देखा परेको छैन र कदापी पर्ने पनि छैन किन की नेपाली ब्लग सेरोफेरो जिम्मेवार र विचारको कसीमा बाँधिएको छ। विभिन्न देश र परिवेशबाट सञ्चालित ब्लगहरुले अभिव्यक्तिका लगभग सबै तान्का हरु छोएको छ। ज्यादै फराकीलो छ नेपाली ब्लग जगत्। लगभग प्रत्येक दिन म नयाँ नयाँ नेपाली ब्लगमा उभिएको हुन्छु। यसरी विश्वभर फिजिँएर रहेको ब्लगलाइ एकै लेखमा सङ्ग्रहित गर्छु भन्नु सायद मेरो मुर्खता हो। तर पनि 'दौँतरी ब्लग'का सञ्चालक हरुको अग्रसरतामा सम्पन्न ''तेस्रो ब्लगर भेला' को निर्णय अनुसार आँफुले पढेका दश उत्कृष्ट लेख सम्बन्धि एउटा पोष्ट तयार गर्ने कुराले भट्भट्याइरहेको ले अनि आँफुलाइ पनि बाँड्ने इच्छा भएको यो लेख तयार गर्दैछु।
माथि भने जस्तै मलाइ जस्तै विचार हरु सबैलाइ आउँछन् र ती आजकल  Blogger, Wordpress को निःशुल्क सेवा र सहजता ले गर्दा बाँड्न सजिलो भएको छ। ब्लगरहरुले आफ्नो काम, बसेको ठाउँ, भोगाइ  र विचारहरुलाइ  कहिले कविता, कहिले गजल, कहिले गन्थन र कथाको रुप दिएर  नेपाली ब्लग जगतलाई ज्यादै धनी बनाउनु भएको छ। यो अथाह ब्लग जगत मा मैले देखे जति र भेटे जति ब्लगलाइ Follow गरेर र RSS लिष्ट लिएर साइडबारमा "In Blogs I Read" भनेर राख्ने गरेको छु र सँधै जसो इन्टरनेटमा रहने हुँदा प्राय सबै पोष्ट पढेको हुन्छु। तर कमेन्ट दिन नमिल्ने वा भनौँ कुनै उल्लखयोग्य सुझाव नभए मौन प्रशंसा गर्ने गरेको छु। मेरो लिष्ट मा हाल मा ९२ वटा ब्लग रहेछन् त्यसमध्ये कति परिवर्तन भएर वा प्रयोगकर्ताले चलाउन छोडेर अपडेट हुँदैनन्। ति सबैलाइ मैले समावेश गर्न पनि सकेको छैन र ति मध्येबाट १० छुट्याउने त्यस्तो विधि आलोचक(critic) पनि नभएको हुनाले मैले विधागत रुपमा कुन ब्लगमा के पढ्न पाइन्छ भनेर वर्गीकरण गरेको छु।(फेरी प्राय ब्लगमा सबै विधाका लेख हुनाले यो वर्गीकरण पनि सहज भएको छैन। )
(यी लिङ्कमा  keyboard मा CTRL सहित LEFT CLICK गर्नु भयो भने नयाँ WINDOW मा खुल्छन् )

  • कथा:
  • गजल
  • कविता


  • र अन्त्यमा सानै उमेर देखि प्रवासमा रहेर पनि नेपाली ब्लगलाइ माया गर्ने भाइ सुरेन्द्रको ब्लग

    सबै समाहित गर्न पक्कै पनि असम्भव छ । हाल सक्रिय ब्लग हरु सम्झे जति  समेटेको छु। कहाँ कुन रचना छ भन्दा पनि नेपाली ब्लग क्षेत्रको बारेमा जान्न उत्सुक पाठकको लागी उपयोगी हुनेछ भन्ने लागेको छ । र माथि उल्लेखित विधा नै ब्लगरको विशेषता हो भन्ने पक्षमा पनि म छैन। बहु-आयामिक छ नेपाली ब्लग सेरोफेरो ... लेख पढेर त हेर्नुहोस् । 
    (मैले देख्न नपाएका अरू रोचक ब्लग हरुको बारेमा मित्रहरूले जानकारी गराउनु नै हुनेछ।) अस्तु !

    9 comments:

    1. धन्यवाद ! नेपाली ब्लगर सेरोफेरो का लागि ! अनि धन्यवाद आफूलाई पनि समावेश गर्नुभएको मा !

      ReplyDelete
    2. Happy Blogging. Thanks for sharing the nice blogs.

      ReplyDelete
    3. नेपाली ब्लगलाई अघि बढाउने यहाँको प्रयास प्रशंसनीय छ | मेरो ससानो ब्लगलाई पनि ठूलै लिस्टमा हालिदिनुभएकोमा धन्यबाद छ है रबिन्द्रजीलाई |

      ReplyDelete
    4. रबिन्द्र जी को ब्लग बार्षिकिको उपलक्ष्यमा हार्दिक बधाई तथा शुभकामना ! सायद यो हाम्रो पहिलो भेट होला शब्द सन्धिको । ब्लग सुन्दर र रमाइलो लाग्यो। आशा छ अझै परिस्कृत हुदै अगाडी बढनेछ।
      फेरी एकपटक सबैको ब्लग अन्दाज गर्ने अवसर जुटाउनु भएकोमा धन्यवाद !

      ReplyDelete
    5. रविन्द्र रिजाल जी सर्ब प्रथम त बर्ष दिन पार गरेर दोश्रो बर्षमा प्रवेश गर्नु भएकोमा हार्दिक बधाई छ ! साथै आउदा दिनहरुमा पनि धेरै धेरै प्रगति र उन्नति गर्दै जान सक्नुहोस भन्ने शुभकामान छ !
      अनि यति राम्रो पोस्ट र नेपाली ब्लगरलाई विध अनुसार बर्गिकरण गर्नु भएकोमा धेरै धेरै धन्यबाद !

      ReplyDelete
    6. Got to explore some more Nepali blogs (of quality). True that Nepali blogosphere is diverse. Great post!

      ReplyDelete
    7. रबिन्द्र जी एक बर्ष पूरा भएकोमा बधाई छ। अझ राम्रा राम्रा ब्लगहरु लेख्दै गर्नुहोला।
      तपाइको ब्लगलाई धेरै धेरै शुभकामना।

      रबिन्द्रजीले नेपाली ब्लग थुप्रै भ्याउनुभएको रहेछ। मैले त मानै बा।

      ReplyDelete
    8. रबिन्द्र जी दोस्रो बर्ष प्रवेश गर्नु भएको मा बधाई छ। नेपाली ब्लग को बर्गीकरण गरेर एउटा राम्रो काम गर्नु भएको छ। नेपाली ब्लगहरु को परीचय गराउनु भएको मा बधाई छ। यसबाट आफु लाई चाहिएको विषय खोज्न सुबिधा भएको छ। तपाई को उत्तरोत्तर प्रगती को शुभ कामना छ। तपाई हरु को सिको गर्दै मैले पनि एउटा ब्लग शुरु गरेको छु। एक नजर लगाउनु होला। सल्लाह तथा सुझाव को प्रतीक्षा मा छु। http://myhealthschool.blogspot.com

      ReplyDelete

    Your feedback ?