यो गजल मा धेरै पहिला लेखिएको हो । गजल मनोरञ्जनका लागी लेखिएको हुनाले नियममा नबाँधिएको हुन सक्छ । अब यस्लाई तोड मरोड गरौँ कि त अलि नमज्जा होला झैँ लाग्यो । सधैँ झैँ गजलका पात्र तथा घटना हरू काल्पनिक हुन् कसैको वास्तविक जिवन सँग मेल खाएमा बिजोग मात्र हुनेछ । एड्भान्सड ईञ्जिनियरीङ् कलेज २०६० का सबै साथीहरुलाई समर्पित :
के के मात्र सुन्छौ साथी, वेदना चर्को छ,
म भित्र उनी, उनी भित्र अर्को छ ।
भेट्न त आउँछे सँधै, हँसिलो मुहार लिएर,
त्यो हाँसो भित्र तर, नजानिँदो झर्को छ।
कापीमा नाम जोडेर लेख्छे, कस्तो सुहा’को भन्छे,
त्यो नामको बिचमा तर, नजानिँदो धर्को छ।
सङ्गीलाई चिनाउँदा त, मेरो मनको राजा भन्छे,
मेरो महल छ उस्को दिलमा तर, छानो भने खर्को छ।
चौतारीमा सुहाउँछ बर पिपलको जोडी भन्छन्,
मेरो चौतारी हेर्छौ साथी, एक पिपल दुई बर्को छ।
के के मात्र सुन्छौ साथी, वेदना चर्को छ,
म भित्र उनी, उनी भित्र अर्को छ ।

भेट्न त आउँछे सँधै, हँसिलो मुहार लिएर,
त्यो हाँसो भित्र तर, नजानिँदो झर्को छ।
कापीमा नाम जोडेर लेख्छे, कस्तो सुहा’को भन्छे,
त्यो नामको बिचमा तर, नजानिँदो धर्को छ।
सङ्गीलाई चिनाउँदा त, मेरो मनको राजा भन्छे,
मेरो महल छ उस्को दिलमा तर, छानो भने खर्को छ।
चौतारीमा सुहाउँछ बर पिपलको जोडी भन्छन्,
मेरो चौतारी हेर्छौ साथी, एक पिपल दुई बर्को छ।
- रविन्द्र रिजाल
No comments:
Post a Comment
Your feedback ?