मुना कहिले पलाउला कहिले घाम अस्ताउला
यो ढुङ्गो कहिले देउता होला कहिले रसाउला
पहिला हजुर स्याउ कि सुन्तला त्यो भन्नुस
अनि मलाई स्याउ कति मन पर्छ म भनौंला
बजारमा फेरि ठुलै माछो फसेको चर्चा छ
अर्कोपटक हजुर भ्यागुता म माछो बनौंला
अरे यार सिधै नलेख्नुस्, विम्ब राखेर लेख्नुस्
फर्सिका जरा फैलाउने कला हामी सिकाउँला
उपर देउता दानव मिलेर बसेका छन तल यो रोइलो
भक्तजन-चेत-उच्छादयति घन्टी कसले बजाउला
पापा त्यो आउँछ र? हो छोरी त्यो आउँछ
मेरोमा नआएपनि तिम्रो चौरासीमा त आउला
(विक्रम संवत २०८२, आषाढ १०)