लाँकुरी रुट्स: देश एक - नक्सा अनेक !

देश एक - नक्सा अनेक !

Friday, January 29, 2010

नेपाल परिवर्तनको सँघारमा उभिएको छ । देशलाई आउँदो दिन मा कस्तो बनाउने भनेर लागी पर्ने हरूको आफ्नै आङ्कलन छ भने देश कस्तो हुनु पर्छ भनेर राय सुझाव दिने विज्ञहरू पनि आ-आफ्नो क्षेत्र र लागत बाट बोलिरहेका छन् । समग्रमा उठेका प्रसङ्गहरूलाई दुई फ्याकमा पार्ने हो भने चाँही एउटा देश भित्र परिवर्तन गर्ने घर्सण चलिरहेको छ भने अर्को तिर देश बाहिर अथवा सिमा सम्बन्धि विवाद ले चर्कँदो मान्यता पाउँदैछ ।

जनआन्दोलन भाग - २ को प्रतिफल स्वरूप गणतन्त्र घोषणा गरी संघिय राज्यप्रणाली स्थापना गर्नु मुख्य बहसको विषय बनेको छ। यस्को लागी संविधानसभाको को गठित उपसमितीले आफ्नै अनुसन्धान र मन्थन पश्चात नेपाललाई १४ प्रदेश मा विभाजन गरी 'संघिय राजधानी' चितवनमा स्थापना गर्नु पर्ने प्रस्ताव सहित पेश गरेको नयाँ नेपालको नक्सा यस्तो छ :-


यसै विषयमा सो समितीलाई परिमार्जन गर्नको लागी सुझाव दिने हेतुले भुगोलविद् पिताम्बर शर्मा ले तयार पारेको नयाँ नेपालको खाका भने यस्तो छ :-


यि त भए नेपाल भित्र कस्तो किसिमले राज्य बनाउने र देशलाई के गरे हितकारी हुन्छ भनेर चलेका बहसका विषयहरू । यस्ता नक्साहरूको पनि चाम लागेको छ हाल नेपाली बजार मा , कसैले ६ प्रदेश मात्र बनाउने, कसैले नारायणी लाई पनि मदेश नै बनाउनु पर्छ बन्ने आदि ईत्यादी ।
यसरी देश भित्र कसरी व्यवस्थापन गर्ने र भएको जमिनलाई कसरी उर्वर बनाउने भन्ने बहसको बिचबाट मनोज पण्डित ले सुरू गरेको Greater Nepal ग्रेटर नेपालको आवाज भुमिका मा मधुर स्वरमा गुन्जिरहने गर्दछ । मनोज पण्डित को सो गहन अनुसन्धान र खोज को निस्केको नेपाल को नक्सा यस्तो छ :-



यसै गरी अर्को संस्था United Nepal National Front (UNNF)का अध्यक्ष फणिन्द्र नेपाल ले भारत द्वारा हडपिएको भुभाग फिर्ता गर्नु पर्ने माग गर्दै पेश गरेको नेपाल को नक्सा यसप्रकारको छ:



यी त भए जग्गा र सिमा अतिक्रमण सम्बन्धिका आवाज र नक्साहरू । भारतले हड्पन खोजेको अर्को नेपाली पहिचान भनेको गौतम बुद्दको जन्मस्थल सम्बन्धिको मुद्दा हो । 'चाँदनि चोक टु चाईना' भन्ने फिल्ममा भारतलाई जानाजानी गौतम बुद्दको जन्मस्थल भनेर प्रस्तुत गरिए पछि आन्दोलन गरेर सो वाक्यांश हटाउन लगाईयो तर सो भयो वा भएन निस्कर्श निस्केन । यस्तै गरी अन्य विषयहरूमा विश्व सामु बोल्दा भारतले नेपालका अन्य पहिचान हरूलाई गर्वका साथ आफ्नो भएको जिकिर गर्ने गर्दछ । यिनै विषयलाई लिएर हाँस्यकलाकार मनोज गजुरेल ले एउटा लेख लेखेका छन् : मनोज गजुरेल को उक्त लेख डामाडोल् डट् कम् मा
परेस रावल र अमिताभ बच्चन पनि नेपाल मुलका हुन् भन्ने उन्को तर्क गजबको छ। कतै कतै त पाना नं समेत उल्लेख गरेर लेखिएको छ । यो ज्यादै ओजपुर्ण व्यङ्ग्य हो मनोजजीको । ईतिहास थुप्रै देउता, राक्षस, धर्म र नाता गोता यसरी नै बनेका छन् । भारतीयहरूले त्यसै गलतीको फाईदा उठाउन खोज्दैछन् । आधुनिक पाठशाला – WIKIPEDIA का कतिपय लेखहरूमा गौतम बुद्द भारत मा लेखिएको, लुम्बिनि भारत मा परेको भनेर Article हरू राखिएको छ। यदी त्यस्ता त्रुटीहरूलाई त्यतीकै रहन दिने हो भने भोलि त्यही नै प्रमाणको रुपमा प्रयोग हुन थाल्दछ । भियतनाम, चिन मा बुद्दिस्म को बाहुल्यता रहेको छ, तर म सँग पढ्ने हरूले अहिले सम्म बुद्द नेपाल मा नभएर भारतमा जन्मेको भनेर चिन्दा रहेछन् । त्यो सबै मनोज जी ले भनेझैँ , फलानो फलानो ठाउँमा लेखेको छ भनेर आफूखुसी तर्क पेश गर्ने तर सत्यताको खोजी नगर्ने बढ्दो प्रवृत्तीले नै भएको हो ।

सन् १८१६ को 'सुगौली सन्धि' मा आधारित रहेर सुरू भएका UNNF र मनोज पण्डित का विषयहरू देख्दा मनमा खल्लो लाग्ने गर्दछ पक्कै पनि। र यदी बंगलादेश सँग सिमा जोडेर समुन्द्र सँग पहुँच भयो भने त्यसले नेपाल लाई धेरै नै स्वचालन र आत्म-निर्भरता दिने थीयो। तर पनि यदी त्यो विषयमा केन्द्रित भएर अरु जमिन गाभ्ने प्रकृयामा लाग्ने हो भने त्यसै युगमा पछाडी परेका हामी अझ एक शताब्दि पछाडी धकेलिने छौँ । यहाँ भएको जमिन जोगाउन मुश्किल परीरहेको छ । त्यसमा बसोबास गर्ने जनता हरू मै सद्भाव को कमि छ । मानौँ भारतले सो भुमी फिर्ता देला, त्यो सँगै त्यसका जनता, तिनका जात र मुल्य मान्यता पनि सँगसँगै आउँछन् । सयौँ वर्ष नेपाली भएर बाँचेका मधेसका जनता हरू देश प्रति विमुख भएर कोल्टे फेर्दै छन् भने भारतिय भएर बाँचेका नयाँ अनुहारको हुललाई नेपाली बनाएर स्थीरता कायम गर्ने खुबी छ हामी सँग ? हामिले यती भएको जमिन लाई नै राम्रो व्यवस्थापन सकिरहेका छैनौ त अरु जोडेर र नयाँ सदस्य थपेर अझ किचलो बनाउनु के उचित होला त ? भएको जमिन मा नै सङ्घियता को कुरा नमिल्दा जातिय दङ्गा फैलिने त्रासमा छ देश । सबै प्रदेश र मधेसका मानिसहरू स्वचालित राज्यको माग राख्दैछन्, नेपालीलाई नै नेपाल भित्र जाँदा कर माग्न थालिएको छ । यदी स्वचालित ‘क्लस्टर’ हरूमा देश विभाजन भयो भने ति सबै टुक्राहरू मिलेर ‘नेपाल’ कसरी बन्छ भन्ने तिर ध्यान पुर्याउनु जरूरी छ ।


त्यसैले नेपालको नक्सा लाई फेरी एक पटक ध्यान दिएर हेरौँ र बरू सिमा मा बलियो धर्का कोरौँ। पिलर र फोर्टहरू का जग बलिया बनाऔँ । यस्मै भएका खोला, नाला, र प्राकृतिक स्रोतहरूलाई जोगाएर तिन्को राम्रो उपयोग गर्न सकियो भने नेपाल पक्कै पनि 'ग्रेट' हुने छ । हजारौँ विघाको बाँझो खेत भन्दा त २,४ रोपनिकै उर्वर, उन्नत, हराभरा जमिन नै बहुमुल्य होईन र ?

1 comment:

  1. dherai ramro lekh ! tara yo kura hamra neta haru lai tha huda hudai pani uniharu ta bujh pachai raheka chan.

    tes mathi janta ko kaan bhardai jantalai bhadkayera jatiye bividhita lyaudai chan. akhir sangiyeta ma janai parne bhaye Jatiye naam kina chahiyo .. la thik cha sangiyeta ma jau , tara jatiye sangiyeta kina ? tei thau lai Kirat , Limbuwan, Taalsaling bhannu satta nadi ko naam, himal ko naam nai diyee hunna ra ?

    ReplyDelete

Your feedback ?